Appam - Nepali

जुन 19 – तपाईंले मेरो बन्धनबाट मलाई मुक्त गरिदिनुभएको छ

“हे परमप्रभु, साँच्‍चै म तपाईंको दास हुँ।… तपाईंले मेरो बन्‍धनबाट मलाई मुक्त गरिदिनुभएको छ।” (भजनसंग्रह 116:16)

परमेश्वर तपाइलाई तपाइको बन्धनबाट मुक्त गराउनुहुन्छ । पबित्र शास्त्रले भन्दछ “परमप्रभु परमेश्‍वरका आत्‍मा ममाथि छ,  किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति  परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ।  मन भाँचिएकाहरूको हृदयलाई बाँध्‍न,  कैदमा परेकाहरूलाई स्‍वतन्‍त्रता दिन र बन्‍धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न  उहाँले मलाई पठाउनुभएको छ।” (यशैया 61:1)

जब येशु ख्रीष्टले दुष्टात्मा लागेकी एउटी स्त्रीलाई छुटकारा दिनुभयो जो अठार बर्ष देखि कुँजी भएकी थिइ, उसले परमेश्वरलाई महिमा दिई। हो, त्यो शैतानको बन्धन थियो। आज पनि , शैतानले धेरै मानिसहरुलाई तन्त्रमन्त्र र बोक्सी बिद्याद्वारा सताइरहेको छ। “यसकारण पुत्रले तिमीहरूलाई स्‍वतन्‍त्र गरायो भने तिमीहरू निश्‍चय स्‍वतन्‍त्र हुनेछौ।” (यूहन्ना 8:36) त्यस्तो कुनै बन्धन छैन जसद्वारा येशु ख्रीष्टले तपाइलाई मुक्त गर्न सक्नुहुन्न।

कतिपय मानिसहरुका लागी रोग बिमारी एउटा बन्धन बन्छ। रोग र बिमारीले उनीहरुलाई कमजोर पार्छ। यो एउटा बन्धन भएको कारण यसद्वारा ग्रसित व्यक्ति परमेश्वरको निम्ति खडा भएर प्रकाशमान हुन सक्दैन।  रोगको आत्माको बन्धनमा परेर एउटी स्त्री अठार वर्षसम्म कष्टमा परि। स्वतन्त्र हुनलाई उसले धेरै धनसम्पत्ति खर्च गरेकी थिइ, तर केहि फाइदा भएको थिएन। जब उ येशुकहाँ आई, एक पल मै उसको बन्धनहरु तोडिए। परमेश्वरको शक्ति उसमा बग्यो र उसलाई निको पार्यो।

नीकोदेमस पनि बन्धनमा थिए। उनको बन्धन चाहिँ परम्परा र रितिरिवाज थियो। उनि एक फरिसी भएको कारणले येशुलाई खुल्ला रुपमा पछ्याउन सकिरहेका थिएनन्। उनि अरुले थाहा नपाउने गरि राति येशुकहाँ आए। (यूहन्ना 3:2) आज पनि, कति मानिसहरु पवित्रशास्त्रका गहिरा सत्यहरु जानेर पनि मण्डलीका बन्धनहरुका कारण परमेश्वरलाई आत्मा र सत्यतामा आराधना गर्न सकिरहेका छैनन्।

कतिपय मानिसहरु अबिश्वासको बन्धनले जकडिएका छन्। उनीहरु हार र अबिश्वासको शब्दहरु बोलेर परमेश्वरलाई आश्चर्यकर्म गर्नबाट बन्चित गरिरहेका छन्। लाजरस मरेका थिए, र येशु ख्रीष्ट उनलाई बौरी उठाउन जादै हुनुहुन्थ्यो। तर लाजरसका दिदीहरुमा बिश्वास थिएन। उनकी एक दिदी मरियमले भनिन “हे प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन।” (यूहन्ना 11:32)

येशु चिहानसम्म आइपुगी सक्दा पनि, लाजरसकी अर्की दिदी मार्थाले भनिन “हे प्रभु, यस बेलासम्‍म त त्‍यो गन्‍हाउन लागिसक्‍यो होला, किनकि त्‍यो मरेको चार दिन भइसक्‍यो।” (यूहन्ना 11:39) तर जब उहाँ उच्‍च सोरले कराउनुभयो,  “लाजरस, बाहिर निस्‍की आऊ।” त्‍यो मृत मानिस त्‍यसको हात-खुट्टा पट्टीले बाँधिएकै र अनुहार लुगाले बेह्रिएकैमा बाहिर निस्‍की आयो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्‍यसको बन्‍धन खोलिदेओ, र त्‍यसलाई जान देओ।” (यूहन्ना 11:43)

परमेश्वरका प्रिय छोराछोरीहरु, ‘बन्धन खोलिदेओ’ भनि परमेश्वर आज तपाइलाई आज्ञा गर्नुहुन्छ।

मनन गर्नका लागी : “तब तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ।”(यूहन्ना 8:32)

Leave A Comment

Your Comment
All comments are held for moderation.