Appam - Nepali

जुन 18 – उहाँले उपेक्षा गर्नुहुन्न

“उहाँले दीन-हीनहरूको प्रार्थनाप्रति ध्‍यान दिनुहुन्‍छ,  उहाँले तिनीहरूका निवेदनको उपेक्षा गर्नुहुन्‍न।” (भजनसंग्रह 102:17)

हाम्रा परमेश्वरले हाम्रो प्रार्थना सुन्ने मात्र होइन तर त्यसको जवाफ पनि दिनुहुन्छ। भजन कर्ताले परमेश्वरलाई एउटा सुन्दर नामले बोलाएका छन् “हे प्रार्थना सुन्नुहुने”। (भजनसंग्रह 65:2) आजपनि, परमेश्वर तपाईंको ‘प्रार्थना सुन्नुहुने’ परमेश्वर नै हुनुहुन्छ। पवित्र शास्त्रले भन्दछ “उहाँले दीन-हीनहरूको प्रार्थनाप्रति ध्‍यान दिनुहुन्‍छ,  उहाँले तिनीहरूका निवेदनको उपेक्षा गर्नुहुन्‍न।” (भजनसंग्रह 102:17)

दीन-हीनहरु भनेको चाहिँ को हुन् त? शब्दकोशमा यसको मतलबहरु धेरै छन् जस्तै अनाथहरु, दुखी गरिबहरु, असहायहरु इत्यादी। तर पवित्र शास्त्रमा यसको मतलब केवल अनाथ, दीनदुःखी र असहायहरु मात्र हुँदैनन् तर अरु पनि थुप्रै अर्थ लाग्छन्। यहाँसम्मकी यस वर्गमा राजारानी र राजकुमार हरु पनि पर्दछन् यदि उनिहरुलाई सहायताको र गुहारको खाँचो छ।

पवित्रशास्त्रमा राजा यहोशापातलाई हेर्नुस त! उनको जीवनमा ठूलो समस्या र अनगिन्ति कष्टहरु आए। उनको सामान्य सेनाको विरुद्धमा एउटा विशाल सेना उनीहरू माथि आक्रमण गर्न आयो। त्यस्तो अवस्थामा राजा यहोशापात दीन-हीन भईकन परमेश्वरको सामू रोइ कराई गरेर भने “हे हाम्रा परमेश्‍वर, उनीहरूको न्‍याय तपाईं गर्नुहुन्‍न र? किनभने हाम्रो देशलाई आक्रमण गर्न आइरहेको यो ठूलो सैन्‍य-दलको सामना गर्न हाम्रो केही शक्ति छैन। हामीले जे गर्नुपर्ने हो सो हामी जान्‍दैनौं, तर हामी आफ्‍ना आँखा तपाईंतिर उठाउँछौं।”(२ इतिहास 20:12)

सन् 2015 मा चेन्नई शहरमा एउटा ठूलो बाढी आयो।  यसले धेरै मानिसहरुलाई ठुलो प्रभावित पार्यो। अचानक ती मानिसहरू दीन-हीन भए। करोडौं रुपियाँ भएका मानिसहरु पनि असाहाय भए किनकि न त उनिहरुले बैंकबाट रुपैयाँ पैसा निकाल्न सके, न त ए.टी.एम बाट । तिनीहरूका हातमा धेरै महंगा मोबाइल फोनहरु भएका पनि ती फोनहरु कुनै काममा आएनन्।

मानिसहरुका महंगा मोटर गाडीहरु पनि पानीमा डुबे।  मानिसले खान पिउन पनि पाएनन् र एकदम असाहाय भए। प्राकृतिक आपदाहरु अचानक आइपर्छन्, र परिस्थिति बदलिन्छन। तयस्तो परिस्थितिमा जो कोही पनि असाहाय नै बन्छन्।

परमेश्वरका प्रिय छोराछोरीहरु, जब पनि तपाईं यस्तो असाहाय बाटो भएर गुज्रिनु पर्छ, परमेश्वरलाई पुकार्नुहोस । उहाँले अवश्य नै तपाईंलाई सहायता गर्नुहुन्छ। उहाँले तपाईंलाई त्यो असाहय परिस्थितिबाट माथि उठाउनुहुन्छ र आशिष दिनुहुन्छ।

मनन गर्नका लागि: “म तिमीहरूलाई टुहुरा छोड्‌नेछैनँ। म तिमीहरूकहाँ आउनेछु।” (यूहन्ना 14:18)

Leave A Comment

Your Comment
All comments are held for moderation.