Appam - Nepali

जुली 04 – सलेमका राजा

“अनि शालेमका राजा मल्‍कीसेदेक,,, सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए।” उत्पत्ति १४:१८)

माथिको पदले मल्किसेदेकको बारेमा उल्लेख गर्छ।  उनि शालेमका राजा थिए र सर्वोच्च परमेश्वका पुजाहारी थिए।  राजाको अभिषेक पनि उनीमाथि थियो।

त्यति मात्र होइन।  जब हामी उनले अब्राहामलाई आशिर्वाद दिएको देख्छौं, उनीमा अगमवक्ताको पनि  अभिषेक भएको हामी पाउछौं।  परमेश्वरले आफ्ना छोराछोरीहरुलाई यी तीन अभिषेक हरु दिनुहुन्छ।  यदि परमेश्वरका छोराछोरीहरुले शासन गर्ने इच्छा गर्छन भने, उनीहरुले राजाको अभिषेक प्राप्त गरेको हुनुपर्छ।  यदि उनीहरु आफुले पाएका अभिषेकहरुमा बलियो भै रहन चाहन्छन भने उनीहरुले पुजहारिको अभिषेक र अगमवाणीको अभिषेक हुनुपर्छ।

 

हामी हाम्रा परमेश्वरलाई अब्राहमका परमेश्वर, इसहाकका परमेश्वर, याकुबका परमेश्वर भन्दछौं।  अब्राहम परमेश्वरका अगमवक्ता थिए।  परमेश्वर स्वयंले अबिमेलेकलाइ भन्नुभयो कि अब्राहाम एक अगमवक्ता थिए।  इसाहाक एक पुजहारिका प्रतिरुप थिए।  प्रभु येशु ख्रीष्टको प्रतिनिधिको रुपमा इसाहाकलाइ बलिदानको बेदीमा रखिएको थियो।  याकुब चाहिं एक राजाको प्रतिरुपमा रहन्छन किनकि परमेश्वरले उनलाई ‘ईस्रायल’ नाम दिनुभएको थियो जसको अर्थ हुन्छ ‘राजकुमार’

नया करारलाई हामी तीन भागमा विभाजन गर्न सक्छौं।  पहिलो: सुसमाचारका पुस्तकहरु , दोस्रो प्रेरितहरुका कामहरु, र तेस्रो प्रकाशको पुस्तक।  सुसमाचारको पुस्तकमा येशु ख्रीष्ट एक अगमवक्ताको रुपमा देखिनुहुन्छ।  प्रेरितहरुका कामहरुमा उहाँ एक पुजाहारिका रुपमा देखिनुहुन्छ र प्रकाशको पुस्तकमा उहा राजा हरुका राजाका रुपमा देखिनुहुन्छ।

येशु ख्रिस्ट हिजो आज र सदा सर्वदा एकसमान हुनुहुन्छ।  हिजो उहा अगमवक्ता हुनुहुन्थ्यो, आज उहा पुजाहारी हुनुहुन्छ जसले हाम्रो निम्ति पितासँग याचना गर्नुहुन्छ।  आउने दिनहरुमा उहाँ राजाहरुका राजाका रुपमा आउनुहुनेछ।

प्रकाशको पुस्तक १:८ मा हामि पढ़दछौँ कि हाम्रा परमेश्वर यस्तो हुनुहुन्छ जो हुनुहुन्‍छ, जो हुनुहुन्‍थ्‍यो र जो आउनुहुनेछ। उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो, उहा अहिले पुजाहारी हुनुहुन्छ र आउदो दिनहरुमा उहा राजाहरुका राजा भै आउनुहुनेछ।  हो, उहा तीन प्रकारले सेवाकाइ गर्नुहुन्छ – अगमवक्ताको, पुजाहरिको र राजाहरुका राजाको।

यूहन्नाको पुस्तक ४ को १९ पदमा समरी स्त्रीले येशुलाई एक अगमवक्ताको रुपमा देखि। उसले भनि “हजुर, तपाई अगमवक्ता हुनुहुन्छ भनि मा थाह पाउछु।” हिब्रु ९ को ११ पदमा हामि येशुलाई प्रधान पुजहरिको रुपमा उल्लेख गरेको पाउछौं।  १ यूहन्ना १:७ मा हामि उहालाई ‘शुद्ध पार्ने’ को रुपमा देख्छौं।  १ कोरिन्थी १५ को २५ मा हामि उहाँलाई “राज्य गर्ने’ को रुपमा देख्छौं।

परमेश्वरका प्रिय छोराछोरीहरु, सधैं एउटा कुरा याद राख्नुस कि उहाले तपाइलाइ राजा, पुजाहारी र अगमवक्ताको रुपमा अभिषेक गर्नुहुन्छ।

मनन गर्नका लागि: ,,, न त पूजाहारीले सिकाएको व्‍यवस्‍था नष्‍ट हुनेछ, न बुद्धिमान्‌ पुरुषको सल्‍लाह, न अगमवक्ताबाट दिइएको वचन हराउनेछ। “यर्मिया १८:१८)

Leave A Comment

Your Comment
All comments are held for moderation.