Appam - Nepali

जुली 03 – अगाडी लाग्नु

अगाडी लाग्नु

“तिनीहरू सबैका अगि तिनी आफैचाहिँ आफ्‍ना दाजुको नजिक…गए।” (उत्पति ३३:३)

पवित्र शास्त्रको यस खण्डमा हामी याकुबको जीवनमा घटेको एउटा महत्वपुर्ण घटनाको बारेमा पढ्छौ।  याकुब र एसाव जुम्ल्याह थिए।  एसाव चाही एक हट्टाकट्टा शिकारी थिए भने, याकुब चाहि  पालमा बस्ने एक साधारण र चालक व्यक्ति थिए।  याकुबले चलाकिका साथ् एसाबको जेष्ठ अधिकार र एसावले आफ्ना पिताबाट पाउने आशिष पनि हत्याए।  त्यसका कारण आफ्ना दाजु एसावले आफुलाई मार्छ कि भन्ने डरले उनि आफ्नो घरबाट भागेर गए।

धेरै बर्षहरु बितेर गए , उनीहरुले एक अर्कालाई कहिल्यै भेटेका थिएनन।  अहिले याकुबको श्रीमतीहरु र तेह्रजना सन्तान पनि भैसकेका थिए।  उनिसंग धेरै धन सम्पत्ति थियो तर आफना दाजुको डरले उनलाई सधै नै सताइरह्यो।

जब याकुबलाइ एसावसंग नभेटी नहुने परिस्थिति सृजना भयो, उनि बिस्तारै पछाडी हटे। एसाव तिर जादै गर्दा एसावले अचानक आक्रमण गर्ला भन्ने डरले  उनले आफूसँग भएका मानिसहरू, भेड़ाबाख्राका बगालहरू, गाई-गोरुका बथानहरू र ऊँटहरूलाई, आफ्ना श्रीमतिहरुलाई र छोराछोरीहरुलाई अगाडी लगाएर आफु चाहि सबैभन्दा पछाडी हिडिरहेका थिए।  उनि साह्रै डराएका र आकुल भएका थिए।  (उत्पत्ति ३२:७) यस्तो समयमा उनले परमेश्वरको सहारा खोजे।  उनि प्रार्थना गर्न थाले।  अनि परमेश्वरको अनुग्रह र शक्तिको प्रतिक्षा गरे।  उनको प्रार्थना कति गहिरो थियो।

उनले आफ्नो हृदय खोलेर प्रार्थना गरे “हे मेरो पिता अब्राहामका परमेश्‍वर, र मेरो बुबा इसहाकका परमेश्‍वर, हे परमप्रभु, जसले मलाई ‘तँ तेरै देशमा तेरा कुटुम्‍बहरूकहाँ जा, र म तेरो भलाइ गर्नेछु’ भन्‍नुभएको थियो। तपाईंले आफ्‍नो दासलाई जत्ति करुणा र विश्‍वासयोग्‍यता देखाउनुभएको छ त्‍यसको म कत्ति पनि योग्‍य छैनँ। किनभने एउटा लाठो मात्र लिएर मैले यसो यर्दन नदी तरेको थिएँ। तर अहिले मेरा दुई वटा दल भएका छन्‌। म बिन्‍ती गर्दछु, मलाई मेरा दाजु एसावको हातबाट बचाउनुहोस्, किनकि उनीसँग मलाई डर लाग्‍छ, कि उनले आमा, छोराछोरीहरूसमेत हामी जम्‍मैलाई आक्रमण गर्लान्‌।” (उत्पत्ति ३२:९-११)

त्यो प्रार्थना एक साधारण प्रार्थना थिएन।  यो त रातभरी गरिएको खुरंधार प्रार्थना थियो।  उने यस प्रार्थनामा परमेश्वरलाई बलियो गरि पक्रे। उनले परमेश्वरको छुवाई नपाउञ्जेल खुरंधार प्रार्थना गरि नै रहे।

तपाइलाई थाह छ प्रार्थना गरिसके पछि के भयो? रात भरिको प्रार्थना पछि उनलाई यस्तो शक्ति आयो कि सबैका पछाडी हिडिरहेका उनि सबै भन्दा अगि अगि हिड्न थाले।  पवित्रशास्त्रले भन्दछ “तिनीहरू सबैका अगि तिनि …गए।  हो, त्यो प्रार्थनाले उनलाई एक आटिलो व्यक्ति बनायो।  परमेश्वर आफ्नो साथमा हुनुहुन्छ भन्ने भावना उनमा जगायो।

परमेश्वरका प्रिय छोराछोरीहरु, प्रार्थनाले तपाइको परस्थितिहरु बदलिन्छ भन्ने कुरामा पूर्णरुपमा बिश्वास गर्नुस।

मनन गर्नका लागि: “तपाईंको सहायताले म फौजमाथि आक्रमण गर्न सक्‍छु, र मेरा परमेश्‍वरको सहायताले म पर्खाल नाघ्‍‌न सक्‍छु।” (भजन संग्रह १८:२९)

Leave A Comment

Your Comment
All comments are held for moderation.