Appam - Nepali

जुली 02 – अब्राहमको बिश्वासयोग्यता

“परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर धन्‍यका हुनुहुन्‍छ, जसले मेरा मालिकप्रतिको दया र विश्‍वस्‍तता त्‍याग्‍नुभएको छैन। परमप्रभुले नै मलाई बाटोमा डोर्‍याएर मेरा मालिकका कुटुम्‍बको घरमा ल्‍याइदिनुभएको छ।” (उत्पत्ति २४: २७)

परमेश्वर विश्वासयोग्य हुनुहुन्छ र उहाँ आफ्ना छोराछोरीहरु पनि विश्वासयोग्य भएको चाहनुहुन्छ।  परमेश्वरले अब्राहाममा विश्वासयोग्यता देख्नुभयो। बिश्वस्योग्यता भनेको परमेश्वरको आज्ञा पालन गर्नु हो। परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “तेरो देश र तेरा कुटुम्‍ब तथा तेरा पिताका घरबाट निस्‍केर जुन देश म तँलाई देखाउँछु त्‍यहाँ जा।” (उत्पत्ति १२: १), अब्राहामले आज्ञा माने र त्यसै गरे।

ती दिनहरूमा गन्तव्य थाहा नभई घरबाट निस्किनु  कत्ति खतरनाक हुन्थ्यो! यसको लागि ठूलो मानसिक शक्तिको आवश्यक पर्छ। जे होस्, अब्राहामले परमेश्वरको आज्ञा पालन गरे।

अब्राहमको जीवनलाइ हेर्नुस। उनको बिश्वस्योग्यताले हामीलाई अचम्ममा पार्छ। जब उनले आफ्नो एक मात्र छोरो इसहाकलाई मोरियाह  पर्वतको वेदीमा बलिदान दिनलाइ राखे, त्यस बेला उनको बिश्वस्योग्यताको महानता देखियो। यो यस्तो परिस्थिति थियो जसमा परमेश्वरले उनलाई कदर गर्नुपर्ने भयो।

अब्राहमको नोकर एलिएजरको शब्दहरुमा ध्यान दिनुस ““परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्‍वर धन्‍यका हुनुहुन्‍छ, जसले मेरा मालिकप्रतिको दया र विश्‍वस्‍तता त्‍याग्‍नुभएको छैन। परमप्रभुले नै मलाई बाटोमा डोर्‍याएर मेरा मालिकका कुटुम्‍बको घरमा ल्‍याइदिनुभएको छ।” (उत्पत्ति २४:२७)

परमेश्वरले अब्राहमका सन्तानहरूलाइ, पुस्तौं पुस्तासम्म, आफ्ना विश्वासयोग्यताका निम्ति छान्नुभयो र तिनीहरूलाई आशीर्वाद दिनुभयो। उहाले आफैलाई ‘अब्राहमको पुत्र’ भनेर चिनाएर अब्राहमलाई उच्च पार्नुभयो (मत्ती १: १)। परमेश्वर विश्वासीहरूहरुका निम्ति विश्वासयोग्य हुनुहुन्छ।

परमेश्वरका प्रिय छोराछोरीहरु, तपाइको पुर्खा अब्राहाम हुन्। तपाईले उनलाई विश्वास गर्नेहरूका पिता भन्नुहुन्छ। तपाईं अब्राहामको सन्तानको उत्तराधिकारी हुनुहुन्छ। त्यसो हो भने तपाईं पनि अब्राहाम जत्तिकै विश्वासयोग्य हुनुपर्छ। होइन र?

परमेश्वरले कहिल्यै पनि दोधारे मन भएका मानिसहरु, दोहोरो प्रवृति र कपटीहरू मन पराउनुहुन्न। “निश्‍चय नै हृदयको सत्‍यता तपाईं चाहना गर्नुहुन्‍छ, अन्‍तस्‍करणमा तपाईं मलाई बुद्धिका कुरा सिकाउनुहुन्‍छ।” (भजन 51१:) भन्ने शब्दहरु भजनकर्ताको प्रार्थनाको रूपमा रह्यो। तपाईंको प्रार्थना पनि यस्तै नै होस्!

मनन गर्नका लागि : “तिनी तपाईंप्रति विश्‍वासी भएका तपाईंले पाउनुभयो, र तिनका सन्‍तानलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने करार तिनीसित बाँध्‍नुभयो। तपाईंले आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ, किनभने तपाईं धर्मी हुनुहुन्‍छ। ” (नहेम्याह ९:८)

Leave A Comment

Your Comment
All comments are held for moderation.