Appam - Nepali

जुली 07 – राजाको सामुन्ने देखा पर्नु

“अब्‍शालोम पूरा दुई वर्ष यरूशलेममा राजाको सामुन्‍ने देखा नपरी बसे।” (२ शमुएल १४:२८)

दाउद र उनका छोरा अब्सालोम येरुशलेममा बस्दथे।  तर पवित्र शास्त्रले भन्दछ कि अब्सालोम  २ बर्षसम्म राजाको सामुन्ने देखा नपरी बसे।  यस्ता कुराहरु कति दुखालाग्दा हुन्छन!

तपाइँ पनि  येरुशलेममा  त बस्नुभएको होला जो चाही मण्डली हो। अरु  बिश्वसिहरुसंग मिलेर आराधना त गरिरहनु भएको होला। तपाई यसो पनि भन्नुहोला कि तपाइलाई पवित्रशास्त्र पढ्ने र प्रार्थना गर्न एकदम जाँगर लाग्छ।  तर, म तपाइको सामु एउटा प्रश्न राख्न चाहन्छु।  “के तपाई राजाको सामुन्ने देखा पर्नुभएको छ? के तपाइका आखा र राजाहरुका राजाका आखाहरु एक भएका छन्? के उहा तपाइसंग बोल्नुभएको छ?”

आज, संसारमा यस्ता बिश्वासिहरु छन् जो नामका मात्र बिश्वासिहरु छन्।  र साच्चै भन्ने हो भने उनीहरु र परमेश्वरमा केहि सम्बन्ध नै हुदैन।  उनीहरु परमेश्वरसंगको व्यक्तिगत सम्बन्धलाई कायम गर्दैनन् र यसरि मण्डली आउछन कि उनीहरु आफ्नो ड्युटी निभाउन मात्र मण्डली आउछन।  येरुशलेम राजाको शहर हो।  यो परमेश्वरले चुनेको स्थान हो।  त्यहाँ महिमित मण्डली पनि छ।  लेविहरु र पुजाहारिहरु पनि त्यस मण्डलीमा सेवाकाइ गर्नका निम्ति खटेका छन्।  सबैभन्दा महत्वपुर्ण कुरा, स्वर्गीय राजा त्यहा राज्य गर्नुहुन्छ।

पवित्रशास्त्रको अर्को खण्डमा म तपाइको ध्यानाकार्षण गराउन चाहन्छु।  येशु ख्रीष्ट “दाउदका पुत्र” भनेर चिनिनुहुन्थ्यो।  तर येशु सधै परप्रभुको सामुन्ने देखा पर्नुभयो।  बिहान झिसमिसेमै उहाँ डाँडामा जानुहुन्थ्यो र परमेश्वरको सामुन्ने देखा पर्नुहुन्थ्यो।  राति उहाँ गेत्समनिको बगैंचामा जानुहुन्थ्यो र परमेश्वरको मुहार हेर्नुहुन्थ्यो । जब उहाँ क्रुशमा टाँगिनु भएको थियो, केहि पलका लागि पिता परमेश्वरले येशुबाट आफ्नो मुहार लुकाउनुभयो, र येशुले यो सहन गर्न सक्नुभएन।  उहा ठुलो स्वरले कराउन लाग्नुभयो *”हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाइले मलाइ किन त्याग्नुभयो। ” भजनसंग्रह २२:१)

ख्रीष्टिय जनहरुको साचो महानता के हो ? यो अरु केहि होइन तर परमेश्वरलाई देख्नु हो।  परमेश्वरलाई  देखेकै कारण मोसाको मुहार सुर्य जस्तै चम्कियो।  परमेश्वरले तपाइको मुहारलाई पनि चम्काउनुहुन्छ।  पवित्र शास्त्रले भन्छ धन्‍य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्‌।” (मत्ती ५:८)

अब्सलोम २ बर्षसम्म राजाको सामुन्ने देखा नपर्नुको कारण के थियो त? कारण अरु केहि होइन, उनको पाप थियो।  उनको आफ्नो पापले उनलाई जक्झकायो। राजाको सामुन्ने देखा पर्न अप्ठेरो लागेर उनि दुइ बर्षसम्म राजालाई नभेटी येरुशलेममै रहे।

परमेश्वरका प्रिय छोराछोरीहरु, पहिलो कुरा त, आफ्ना सबै पापहरु स्वीकार गर्नुस र यसले तपाइलाइ परमेश्वरसंग संगति गर्ने र उहानो मुहार हेर्ने बाटो तयार पार्छ।  येशु ख्रीष्टको रगत तपाइलाइ शुद्ध पार्न शक्तिशाली छ।  जब तपाइका पापहरु शुद्द हुन्छन, तपाइँ परमेश्वरको मुहार हेर्न सक्षम हुनुहुन्छ।  जब बाधाको पर्खाल हट्नेछ, परमेश्वरको ज्योति तपाइमाथि चम्किनेछ।

मनन गर्नका लागि: निश्‍चय नै परमप्रभुको हात बचाउन नसक्‍ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्‍न नसक्‍ने गरी बाक्‍लो भएको छ।” (यशैया ५९:१)

Leave A Comment

Your Comment
All comments are held for moderation.