Appam - Nepali

जुली 06 – दाउदको विश्वसनीयता

“परमप्रभुले हरेक मानिसलाई त्‍यसको धार्मिकता र विश्‍वसनीयताको निम्‍ति इनाम दिनुहुन्‍छ। परमप्रभुले आज मेरो हातमा हजूरलाई सुम्‍पिदिनुभएको थियो, तर मैले परमप्रभुका अभिषिक्त जनमाथि आफ्‍नो हात उठाउन इन्‍कार गरें।” (१ शमुएल २६:२३)

परमेश्वरको आज्ञाहरु पालन गर्नमा दाउद विश्वासयोग्य थिए।  “मेरो अभिषेक भएकाहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर।” (१ इतिहास १६:२२) शावल राजाका रुपमा अभिषिक्त थिए। तर उनि परमेश्वरको वचनको अवहेलना गरेको कारण त्यगिएका थिए। परमेश्वरले शावलबाट राजगद्दी खोसेर दाउदलाइ दिने इच्छा गर्नुभयो।  तैपनि दाउदको मनमा भने शावलको निम्ति आदर र सम्मान थियो।

तर शावलले दाउद्लाइ मार्नका निम्ति खेदिरहे।  दाउद पर्वतहरुमा र गुफाहरुमा भाग्दै र लुक्दै रहेता पनि शाउलले उनलाई आफ्ना योद्दाहरुसंग मिलेर खोजिरहे।  तर एकदिन दाउदले उनलाई एकलाई सुतिरहेको अवस्थामा भेट्टाए। तर उनि शावलको नजिकै राखेको भाला र पानीको जग मात्र लिएर चुपचाप त्यहाबाट गए।  उनले शावललाइ मर्ने कोशिश पनि गर्नेनन।  जब अबिशैले शावललाइ मार्ने कोशिश गरे तब दाउदले उनलाई भने “राजालाई केही हानि नगर। परमप्रभुका अभिषिक्त जनमाथि हात उठाउने कोचाहिँ निर्दोष हुन्‍छ?”

दाउदको विश्वसनीयता देखेर परमेश्वरले उनलाई आशिष दिनुभयो।  दाउद दिनदिनै फल्दै फुल्दै गए। सहि समयमा उनले शावलको राजगद्दी पनि प्राप्त गरे।  यदि हामि पनि दाउद जत्तिकै विश्वासयोग्य भयौं भने कत्ति आशिषित बन्नेथियौं! परमेश्वरका चुनिएका जनको बिरुद्ध कहिल्यै नराम्रो नबोल्नुहोस। उनीहरुमाथि हात नउठाउनुहोस।  पवित्र शास्त्रले भन्छ “परमेश्‍वरका चुनिएकाहरूका विरुद्धमा कसले अभियोग लाउनेछ? धर्मी ठहराउने परमेश्‍वर नै हुनुहुन्‍छ। (रोमी ८:३३)

परमेश्वरलाई प्रेम गर्नेहरुले कहिल्यै पनि परमेश्वरका चुनिएका जनहरुका गल्तिहरुको खोजि गर्दैनन् र त्यसो गर्नेहरुका सभामा सम्मेलित पनि हुदैनन्।  उनीहरु त परमेश्वरका जनहरुमा भलाइको कुराहरु मात्र देख्छन र त्यसको निम्ति उनीहरुको तारिफ गर्छन। यदि कुनै गल्ति या कमीकमजोरी  देखियो भने उनीहरुलाई शर्ममा पार्नुको सट्टा उनीहरुका निम्ति आशु बगाएर प्रार्थना गर्छन। दाउदमा भएको बिश्वस्योग्यता कति महान थियो।

सोलोमोनले पनि आफ्ना पिता दाउदका बिश्वस्योग्यता देखेका थिए।  त्यसैले प्रार्थना गर्दा उनले भने ““तपाईंले आफ्‍नो दास मेरा पिता दाऊदलाई ठूलो दया देखाउनुभयो, किनभने उहाँ तपाईंप्रति विश्‍वासयोग्‍य हुनुहुन्‍थ्‍यो, र धार्मिक र हृदयमा ठीक हुनुहुन्‍थ्‍यो। तपाईंले उहाँप्रति यो ठूलो दया कायम नै गरिरहनुभएको छ, र अब उहाँपछि सिंहासनमा बस्‍नलाई तपाईंले उहाँलाई आज यो दिन एक जना छोरो दिनुभएको छ।” (१ राजा ३:६) परमेश्वरका प्रिय छोराछोरीहरु, परमेश्वरको नजरमा विश्वासयोग्य हुनुहोस।  परमेश्वरका अभिषिक्त जनहरुमा गल्ति पत्ता लगाउने बानि नराख्नुस।  तर इश्वरीय शान्ति र नम्रता आफुमा कायम राख्नुस।

मनन गर्नका लागि: “विश्‍वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुन्‍छ, तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्‍ड दिनुहुन्‍छ।” (भजनसंग्रह ३१:२३)

Leave A Comment

Your Comment
All comments are held for moderation.