Appam - Nepali

जुन 21 – समझशक्ति भएको ज्ञानी मानिस

” जब देश बागी बन्‍छ, त्‍यहाँ धेरै शासकहरू खड़ा हुन्‍छन्‌,  तर समझशक्ति भएको ज्ञानी मानिसले अमनचैन कायम राख्‍छ।” (हितोपदेश 28:2)

हितोपदेशको पुस्तकलाई मन लगाएर अध्ययन गर्नेहरुको जीवन निश्चय नै सम्बृद्ध हुन्छ। पवित्र र विजयी जीवन जिउनका लागी यस बौद्दिक लेखहरु एकदम उपयोगी हुन्छन। यी लेखहरु सेवकाइका लागी पनि एकदम उपयोगी हुन्छन।

बैवाहिक बन्धनमा बाधिनु अघि र पारिवारिक जीवनमा प्रवेश गर्नु अघि हरेक जवान युवा युवतिहरुले यस ज्ञानको पुस्तकलाई गहन अध्ययन गर्नुपर्छ र यसबाट बहुमुल्य मोति सरहका इश्वरीय उपदेशलाइ लिनुपर्छ।

अलेकज्यान्डर मेलिएन नामका एक प्रशिद्ध वक्ताले भनेका छन् “हितोपदेशको पुस्तक यस्तो एउटा औषधि र बिषनाशक द्रब्य हो जो हामी सबैको साथमा हुनैपर्छ। यसले युवावस्थासंग सम्बन्धित सारा रोगहरुलाई निको पार्छ र सुस्वास्थ्य ल्याउछ।” कति सत्य छन् यी वचनहरु!

धेरै जवान जवानीहरुले हितोपदेशको पुस्तकलाई पढेरै येशुमा ख्रीष्टमा विश्वास गरेका छन्। धेरै मानिसहरुले संसारिक ज्ञान प्राप्त गर्न यस पुस्तकलाई पढ्न शुरु गरेका छन् तर पढ्दा पढ्दै उनीहरुलाई इश्वरीय ज्ञानले आकर्षित गरेको छ। उनीहरुको गवाही के हो त? “हामीले संसारिक ज्ञान बुद्धि प्राप्त गर्न यो पुस्तक पढ्न थालेका थियौं तर यो पुस्तकले हामीलाई यसलाई दिनुहुने परमेश्वरतिर अगुवाई गर्यो। यसका अक्षरहरुलाई पढ्दा यी अक्षरहरुका सृष्टिकर्तालाई चिन्न गर्यौं।

हितोपदेशको पुस्तक सुसमाचार सुनाउनलाई एक उपयोगी बाइबलको खण्ड हो। यो पुस्तकलाई पढेर तपाइले ख्रीष्टको ज्ञान प्राप्त गर्न सक्नुहुन्छ जुन चाहिँ तपाइको जीवनको मूल स्तम्भ हुन् ।

तपाइको परिवारमा भएका जवान तथा बालबालिकाहरुलाई हितोपदेशको पुस्तक पढ्ने सल्लाह दिनुहोस। तब तिनीहरु प्रारम्भिक स्तरदेखि नै परमेश्वरको ज्ञान र समझले भरिदै जानेछन। जुन मात्रामा उनीहरुले यो पुस्तकलाई पढ्छन र अध्ययन गर्छन, त्यही मात्रामा इश्वरीय ज्ञान उनीहरुको हृदयको भित्रि पानामा कोरिएर बस्दछ। उनीहरु आफ्नो बोलीचाली र रहनसहनमा ज्ञानी बन्छन।

जसले परमेश्वरको ज्ञानलाइ अनादार गर्छ उसले अनायासै आफ्नो जीवनलाई आघात पुर्याउछ। परमेश्वरका वचन केवल आत्मा र जीवन मात्र होइनन, तर सामान्य मानिसलाई पनि ज्ञानी बनाउने हतियार हो । यो प्राणको निम्ति बलको रुपमा रहन्छ । यसले तपाइलाई अध्भुत तरिकाले अगुवाई गर्दछ।

मनन गर्नका लागी : “बुद्धि र पराक्रम परमेश्‍वर कै हुन्‌,  उहाँसँगै सल्‍लाह र समझ छन्‌।” (अय्यूब 12:13)

Leave A Comment

Your Comment
All comments are held for moderation.