Appam - Nepali

जुन 16 – अग्निमय घोडाहरु

“… र त्‍यसले एलीशाका वरिपरिका डाँड़ाहरू अग्‍निमय घोड़ाहरू र रथहरूले भरिएका देख्‍यो।” (२ राजा 6:17)

आफ्ना जनहरुलाई सुरक्षा दिने कुरामा होस् या उनीहरुका पक्षमा युद्द गर्नमा होस्, परमेश्वरका तरिकाहरु अचम्मका उदेकका छन्। यहाँ आफ्नो दासलाई सुरक्षा दिनका लागी उहाले आफ्नो अग्निमय घोडाहरु र रथहरु पठाउनु भएको छ।

एलिशा एक साधारण र सामान्य जीवन जिउने व्यक्ति थिए। केवल एउटा दास उनीसंग थियो। अरामका राजा एलिशासंग क्रोधित भए र  राजाले घोड़ाहरू र रथहरू भएको एउटा शक्तिशाली फौज त्‍यहाँ पठाए। उनीहरू राती गएर त्‍यस सहरलाई घेरे। (२ राजा 6:14) एलिशाको निम्ति को लडिदिने? अरामका राजाको हातबाट एलिशालाई कसले बचाउने? एलिशाका दासले भने, “हे मेरा मालिक, अब हामी के गरूँ?”

एलिशाको प्रतिक्रिया के थियो तपाइलाई थाहा छ?  उनले भने, “नडरा, हामीसँग भएकाहरू उनीहरूसँग भएकाहरूभन्‍दा धेरै छन्‌।”हो, एलिशासंग आत्मिक आखा थियो। ति आखाले उनले परमेश्वरबाट उनको सुरक्षाको निम्ति पठाइएका अग्निमय घोडाहरु र रथहरु देखे। त्यसैले उनको हृदयमा कुनै डर थिएन।

परमेश्वरले तपाइको सहायताको निम्ति गर्ने अनेकौ कामहरुलाई विचार्नुस त! परमप्रभु भन्नुहुन्छ “अनि म स्‍वयम्‌ त्‍यसको चारैतिर आगोको पर्खाल हुनेछु’ परमप्रभु भन्‍नुहुन्‍छ, ‘र त्‍यसभित्रको महिमा म नै हुनेछु।’ (जकरिया 2:5) यहोशु, न्यायकर्ता, 1 राजा र 2 राजाको पुस्तकहरु हामी पढ्दछौं कि कसरी परमेश्वरले आफ्ना जनहरुको रक्षा गर्नुभयो। यी पुस्तकहरुमा हामी यी कुरा पनि पाउदछौं कि कसरी परमेश्वरले आफ्ना जनहरुका निम्ति संघर्ष गर्नुभयो वकालत गर्नुभयो र उनीहरुका पक्षबाट युद्द लड्नुभयो।

पवित्र शास्त्रले भन्दछ कि जब सिसरा इस्रायलीहरुसंग लडाई गर्न आए तब ताराहरूले पनि आकाशदेखि लड़ाइँ गरे,  ताराहरूले आफ्‍ना-आफ्‍ना चक्रबाट सीसरासँग लड़ाइँ गरे। (न्यायकर्ताहरू 5:20) त्यसैगरी,  कनानीहरुलाई धपाउन र इसरायालीहरुलाई बचाउनका लागि उहाँले अरिङ्गाल पठाउनुभयो। (प्रस्थान 23:28, व्यवस्था 7:20)

जब मिस्रिहरुले इसरायलीहरुलाई खेदे, परमेश्वरले मिश्रीहरु र इस्रायलीहरुका बिचमा आगोको खामो राखिदिनुभयो। यता मिश्रीहरुका लागी बादल र अन्धकार थियो भने उता इस्रायलीहरुका निम्ति यसले राति उज्यालो दियो।

परमेश्वरका प्रिय छोराछोरीहरु, तपाइको रक्षा गर्ने परमेश्वर नै हुनुहुन्छ। उहाँ तपाइको सुभचिन्तक भएर सदा सर्वदै रहनुहुन्छ।

मनन गर्नका लागी : ” किनकि जसका हृदय उहाँप्रति भक्त छन्‌, तिनीहरूलाई सहायता दिन सारा पृथ्‍वीभरि नै परमप्रभुको दृष्‍टि रहिरहन्‍छ। यस कुरामा तपाईंले मूर्खता गर्नुभयो। अब उप्रान्‍त तपाईंले युद्ध गरिरहनुपर्नेछ।”(२ इतिहास 16:9)

Leave A Comment

Your Comment
All comments are held for moderation.