Appam - Nepali

जुन 15 – आश्चर्यकर्म हुनका लागी

“तिमीहरू आफैलाई पवित्र बनाओ, किनकि भोलि तिमीहरूका बीचमा परमप्रभुले उदेकका काम गर्नुहुनेछ।”(यहोशू 3:5)

तपाइले किन पवित्रजीवन जिउनुपर्छ? यदि तपाइको जीवन पवित्र छ भने मात्र तपाइले आफ्नो जीवनमा परमेश्वरको आश्चर्यकर्मको आशा गर्न सक्नुहुन्छ। जब कोहि व्यक्ति परमेश्वरको नजिक हुने कोशिश गर्छ भने, उक्त व्यक्तिले पवित्र जीवन जिएको उहाँ चाहनुहुन्छ।

धेरै मानिसहरुको भनाइ के छ? “यदि यो परमेश्वरले मेरो परिवारमा यो आश्चर्यकर्म गर्नुभयो भने म उहामाथि बिश्वास गर्न तयार छु। येशुले मलाई राम्रो जागिर दिलादिनुभयो भने म उहाँको आराधना गर्छु। मेरो परिवारमा उहाँले एउटा छोरा दिनुभयो भने हामी सम्पूर्ण परिवार उहाँमाथि बिश्वास गर्नेछौँ” इत्यादी। उनीहरु यस्तै खालका भाकलहरु पनि गर्छन।

तर पवित्रशास्त्रले के भन्छ त? पहिलो कुरा, तपाइले आफैलाई पवित्र बनाउनुपर्यो। यसो गरेमा मात्र तपाइले परमेश्वरको आश्चर्यकर्मको आशा गर्न सक्नुहुन्छ। येशु ख्रीष्टले भन्नुभयो “तर पहिले उहाँको राज्‍य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्‍ति थपिनेछन्‌।” (मत्ती 6:33) परमेश्वरको धार्मिकता भनेको उहाँको पवित्रता हो।

एकजना पास्टर एक आराधना सभामा जानका लागी तयार हुदै थिए, त्यो सभाका संयोजकले भने “मानिसहरु आश्चर्यकर्मको आशा लिएर आएका छन्, धेरै मानिसहरु इश्वरीय चंगाई, शक्ति, छुटकारा, र आगमवाणीको आशामा आएका छन्। त्यसैले कृपया तपाई यसको लागी पुरा तयारिका साथ आउनुहोस।” पास्टरले पनि त्यस सभामा जानुभन्दा अघि प्रार्थना गरेर निस्किने निर्णय गरे।

जब पास्टरले घुडा टेके र चंगाई अनि शक्तिका लागी विन्ती गरे , परमेश्वरले उनलाई सोध्नुभयो “म आश्चर्यकर्म गर्न तयार छु, तर के मानिसहरु आफ्ना पापमय बाटोहरुलाई त्यागेर पवित्र जीवन जिउन तयार छन् त?”  यहोशूले मानिसहरूलाई भने, “तिमीहरू आफैलाई पवित्र बनाओ, किनकि भोलि तिमीहरूका बीचमा परमप्रभुले उदेकका काम गर्नुहुनेछ।”(यहोशू 3:5)

परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूकहाँ गएर तिनीहरूलाई आज र भोलि शुद्ध गर्‌। तिनीहरूले आफ्‍नाआफ्‍ना लुगा धोऊन्‌, र तेस्रो दिनको निम्‍ति तिनीहरू तयार रहून्‌, किनकि तेस्रो दिन सीनै पर्वतमा सबै मानिसहरूका आँखाकै सामुन्‍ने परमप्रभु आउनुहुनेछ।” (प्रस्थान 19:10-11) जब तपाइले परमेश्वरका निम्ति गर्नुपर्ने सबै कामहरु गर्नुहुन्छ र आफ्नो पवित्रतामा अगाडी बढ्नुहुन्छ, तब उहाँले पनि तपाइका निम्ति गर्नुपर्ने सबै काम गर्नुहुनेछ।

परमेश्वरका प्रिय छोराछोरीहरु, के तपाईका दुख र कष्टहरु दिन प्रतिदिन बढिरहेका छन्? परमेश्वरको चरणमा आउनुस र आफैलाई पवित्र बनाउनुहोस। इस्रैयालीहरु नदि तरेर जानको निम्ति यर्दन नदीलाई उल्टोतिर फर्काइदिनुहुने परमेश्वरले तपाइको जीवनमा पनि अवश्य आश्चर्यकर्म गर्नुहुनेछ।

मनन गत्नका लागी : “महान्‌ र अथाह कार्यहरू,  अनगन्‍ती आश्‍चर्यका कामहरू उहाँ गर्नुहुन्‍छ।” (अय्यूब 9:10)

Leave A Comment

Your Comment
All comments are held for moderation.