Appam - Nepali

जनवरी 23 – सिद्ध बरदान

सल दान र हरेक सिद्ध वरदान स्‍वर्गबाट हो, यो वरदान ज्‍योतिका पिताबाट आउँछ।” याकुब 1:17

हाम्रा प्रभु येशु ख्रिस्टले आफ्ना छोराछोरीहरुका निम्ति भनेर पवित्र आत्माको बरदान राखिदिनु भएको छ । उहाँ तपाइबाट यो चाहना गर्नुहुन्छ कि तपाई प्रार्थना र बिश्वासद्वारा पवित्र आत्माको बरदानमा सिद्ध हुनुहोस।

के परमेश्वरले मलाई पनि त्यो बरदान दिनुहुन्छ त? के म त्यो बरदान पाउनको निम्ति योग्यको त छु? जस्ता प्रश्नहरु तपाइको मनमा उठ्न सक्छन्। तर पवित्र शास्त्रले हामीलाई प्रष्ट भन्दछ कि “तपाईंले मानिसहरूबाट उपहार स्‍वीकार गर्नुभयो, बागीहरूसमेतबाट पनि– कि तपाईं, हे परमप्रभु परमेश्‍वर, त्‍यहाँ वास गरून्‌।” (भजनसंग्रह 68:18) पवित्र शास्त्रले यो पनि भन्दछ कि “उहाँ उच्‍चमा चढ़िजानुहुँदा कैदलाई बन्‍दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।”(एफिसी 4:8)

*पुरानो करारको जमानामा पवित्र आत्माको बरदान एकदम दुर्लब थियो
तर नया करारको समयमा जब प्रभुका चेलाहरु माथिल्लो कोठामा भेला भएका थिए, पवित्र आत्मा एकदम शक्तिशाली रुपमा तल ओर्लनुभयो । र हरेकले पवित्र आत्माको बरदान प्राप्त गरे ” अनि तिनीहरू सबै जना पवित्र आत्‍माले भरिए, र पवित्र आत्‍माले तिनीहरूलाई दिनुभएको उच्‍चारणबमोजिम तिनीहरू अन्‍य भाषाहरूमा बोल्‍न लागे।” (प्रेरित 2:4)*

पबित्र आत्मा को बरदान द्वारा नै तपाईंले संसारलाई यो कुरा सावित गर्न सक्नुहुन्छ कि हाम्रा परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ। पवित्र आत्मा कै शक्तिले गर्दा तपाईं अन्य जातिहरु माथि सुसमाचारको प्रभाव पार्न सक्नुहुन्छ । यही शक्तिद्वारा नै तपाईले भविष्यका कुराहरु पहिले नै जान्न र अचम्म का कामहरु गर्न सक्नुहुन्छ।

पावल प्रेरित भन्छन् “प्रेमलाई तिमीहरूको लक्ष्य बनाओ, र आत्‍मिक वरदानहरूका निम्‍ति उत्‍कट अभिलाषा राख” (१ कोरिन्थी 14:1) यो वरदान नपाएका धेरैजसोले यो वरदानको खासै आवश्यकता पर्दैन वा यो बरदान केही समयको लागि मात्रै हुन्छ भनेर गलत शिक्षा दिने गर्दछन् । आज पनि धेरै मान्छेहरूले नै त यी वरदानहरुमा बिश्वास गर्छन् न भरोसा नै। न त तिनीहरुमा यो बरदानको बारेमा पर्याप्त ज्ञान नै छ ।

कोरिन्थीको मण्डलीलाई लेखिएको पहिलो पत्रमा हामी पबित्र आत्माको नौ वटा वरदानहरू को बारेमा पढ्दछौं जस्तै -पवित्र आत्माद्वाराको ज्ञानको कुरा, बुद्दिको कुरा, बिश्वास चंगाई, आश्चर्यकर्म, अगमवाणी, आत्माहरु छुट्याउने, भिन्न भिन्न किसिमका भाषा बोल्ने, ति भाषाहरुको अर्थ खोल्ने ।

जसरीपवित्र आत्माको नौवटा बरदानहरु छन् त्यसरीनै आत्मको फलहरु पनि नौवटै छन्। ति हुन् – प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, बिश्वास्तता, नम्रता, संयम हुन्।

पवित्र आत्माको बरदान र पवित्र आत्माका फल दुवै हुनु आवश्यक छ। पवित्र आत्माको वरदान पाएका हरु धेरै जसोमा पनि अहम र घमण्ड पाइन्छ किनकि उनीहरुमा आत्माको फलहरु हुदैनन्।

परमेश्वरको प्रिय छोराछोरीहरु, पवित्र आत्माको वरदान का साथसाथै पवित्र आत्माका फलहरु पनि प्राप्त गर्नुहोस् र परमेश्वरको महिमा गर्नुहोस।

मनन गर्नका लागी : ” मेरा प्रेमी आफ्‍नो बगैँचामा आऊन्‌, र यसका उत्तम फलहरू चाखून्‌।” (श्रेष्ठगीत 4:16).

Leave A Comment

Your Comment
All comments are held for moderation.