Appam - Nepali

सेप्टेम्बर 20 – समृद्ध पार्नुहुने परमेश्वर

“माथिबाट हामीमाथि आत्‍मा नखन्‍याइञ्‍जेलसम्‍म र मरुभूमि मलिलो खेतबारी …नबनुञ्‍जेलसम्‍म।” (यशैया 32:15)

“मरुभूमि मलिलो खेतबारी मा परिणत हुनेछ” भन्ने प्रतिज्ञा आज परमेश्वर तपाईंको निम्ति गर्दै हुनुहुन्छ। परमेश्वर मरुभूमिको बीचमा हरियालीले भरिएको बगैंचा बनाउनूहुने परमेश्वर हुनुहन्छ। उहाँ शून्य बाट सबैथोक बनाउन सक्नुहुन्छ। अनि उहाँले नै मरुभूमिलाई मलिलो खेतबारीमा परिणत गर्नुहुन्छ।

हुनसक्छ तपाईं बिगतका दिनहरुमा मरुभूमिबाट भएर गुज्रिनु भएको होला। हुनसक्छ तपाईंको कमाइ तपाईंको परिवारको खाँचोलाई पूरा गर्न अपर्याप्त भएको कारण तपाईंमाथि धेरै ऋण लागेको होला। तर एउटा कुरा याद राख्नुस कि यी सब कुराहरू सधैको निम्ति रहँदैनन्। जब माथिबाट तपाईमा पवित्रआत्मा खन्याइनु हुन्छ, उहाँले तपाईंको आत्मिकी जिबन लाई समृद्ध पार्नुहुन्छ। जब स्वर्गका झ्यालहरु तपाईंको निम्ति खोलिनेछन्, तपाईंले संसारिक आशिष हरु पनि प्राप्त गर्नुहुन्छ।

मुक्ति पाएको शुरुवाती दिनहरुमा मेरा बुबा ब्रो. साम जेबादुराइलाई आफ्नो परिवारको निम्ति दुई छाक टार्न धौधौ भएको थियो। उहाँले आफ्नै घरमा उपवास प्रार्थना राख्ने योजना बनाउनु भयो र आफ्नो मरुभूमि सरहको जीवनलाई मलिलो भूमिमा परिवर्तित गर्नुहोस भनेर परमेश्वरसँग खुरन्धार प्रार्थना गर्नुभयो। त्यस दिन वचन प्रचार गर्ने पास्टरले उहाँको निम्ति आशिषको बचन बोलि दिनुभयो र भन्नुभयो आज देखि उसो परमेश्वरले तपाईंलाई आशिष दिन गईरहनु भएको छ। मेरो बुबाले यो वचनलाई पूर्ण हृदयले विश्वास गर्नुभयो । त्यस दिनदेखि परमेश्वरले उहाँको जीवनमा समृद्धि र प्रशस्तताको आज्ञा गर्नुभयो। त्यतिमात्र होइन पवित्र आत्माको वरदानहरू पनि उहाँको आत्मिक जीवनमा खोलिंदै गए।

यशैया भन्छन “मरुभूमि र निर्जल-भूमि हर्षित हुनेछन्‌। उजाड़-स्‍थान रमाउनेछ र फुल्‍नेछ। केशरझैँ त्‍यो फुलेर फक्रनेछ। यो अत्‍यन्‍त प्रफुल्‍लित हुनेछ, र हर्षले गाउँदै रमाहट गर्नेछ। लेबनानको गौरव, कर्मेल र शारोनको शोभा त्‍यसलाई दिइनेछ। तिनीहरूले परमप्रभुको महिमा र हाम्रा परमेश्‍वरको ऐश्‍वर्य देख्‍नेछन्‌।” (यशैया 35:1-2)

साँच्चै नै तपाईं परमेश्वरको प्रशस्तताको भागीदार हुनुहुन्छ। ज्ञानी सोलोमन तीन वर्गका मानिसहरु लाई अंकित गर्छन् जसले परमेश्वरको त्यो आशिषलाई प्राप्त गर्न सक्छन्। पहिलो –  “लोभी मानिसले कलह मच्‍चाउँछ,  तर परमप्रभुमा भरोसा राख्‍ने मानिसको फलिफाप हुन्‍छ।” (हितोपदेश 28:25) दोस्रो – ” दुष्‍टको घर भत्‍काइनेछ,  तर ईमानदारको पालमा फलिफाप हुनेछ।” (हितोपदेश 14:11) तेस्रो – ” उदार मानिसको फलिफाप हुन्‍छ,  अरूलाई उत्‍साह दिने व्‍यक्तिले आफू पनि नयाँ उत्‍साह प्राप्‍त गर्नेछ।” (हितोपदेश 11:25)

जहाँ प्रशस्त मात्रामा झरी अनि वर्षा हुन्छ त्यहाँ बोटबिरुवाहरु अनि रुखहरु हरियो भएर झाँगिनु स्वभाविक हो। तर आजको वचनमा परमेश्वरले मरुभूमिमा पनि हरियाली र प्रशस्तताको प्रतिज्ञा गर्नुहुन्छ। परमेश्वरका प्रिय छोराछोरीहरु, ढाडस गर्नुहोस्, आज तपाईंको परिस्थिति जस्तो भएपनि परमेश्वरले तपाईंलाई समृद्धि र प्रशस्तता तर्फ लिएर जानुहुन्छ।

मनन गर्नका लागि: ” धर्मीचाहिँ खजूरको बोटझैँ लहलह हुन्‍छ,  तिनीहरू लेबनानको देवदारुजस्‍तै बढ्‌छन्‌, तिनीहरू परमप्रभुको भवनमा रोपिएका हुन्‍छन्‌,  हाम्रा परमेश्‍वरका चोकहरूमा तिनीहरू मौलाउँछन्‌।” (भजनसंग्रह 92:12-13)

Leave A Comment

Your Comment
All comments are held for moderation.