No products in the cart.
जुन 25 – बोलावटको विचार गर
“परमेश्वरले तिमीहरूलाई बोलाउनु भयो। यो विचार गर। अनि संसारले आफ्नै बुद्धिले पारख गरे अनुसार तिमीहरूमध्ये धेरै बुद्धिमानी हौला। तिमीहरूमध्ये धेरै जना खुबै प्रभावशाली नहौला, अनि कोही मानिसहरू महत्वपूर्ण परिवारबाट आएको हुन सक्छ। तर ज्ञानी मानिसहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका मूर्ख कुराहरू छान्नु हुन्छ। बलिया मानिसहरूलाई लाज पार्न परमेश्वरले संसारका निर्धा कुराहरू छान्नु हुन्छ।” (१ कोरिन्थी १:२६,२७ )
परमेश्वरले तपाइलाई कति प्रेमले चुन्नुभयो, तपाईप्रती उहाँ कति अनुग्रही हुनुभयो, र कति महान तरिकाले उहाले तपाइलाइ बोलाउनुभयो, बिचार गर्नुस। परमेश्वर तपाइँसंग हुनुहुन्छ र त्यो नै तपाइको महानता हो। तपाइमा भएको उहाँको उपस्थितिको कारण तपाइँ ठुला ठुला कामहरु गर्न सक्नुहुन्छ। जब परमेश्वर तपाइँसंग हुनुहुन्छ भने, तपाइँ भन्दा ज्ञानी व्यक्ति अरु को हुन सक्छ? तपाइँ भन्दा शक्तिशाली व्यक्ति अरु को हुन सक्छ? तपाइँ भन्दा सक्षम व्यक्ति अरु को हुन सक्छ? पवित्रशास्त्रले भन्दछ कि “परमेश्वरबाट ख्रीष्ट हाम्रा लागि ज्ञान बन्नु भएको छ। ख्रीष्टको कारणले नै हामी परमेश्वर प्रति धार्मिक छौं; अनि हामी पापरहित छौं। अनि ख्रीष्टकै कारणले हामी पवित्र छौं।” (१ कोरिन्थी १:३०)
जब परमेश्वरले मोसालाई चुन्नुभयो, उनले यसो भनेर परमेश्वरलाई आफ्नो कमजोरीको बारेमा भने “म बोल्नमा र जिब्रो चलाउनमा ढिला छ।” तर मोसाद्वारा चालिस बर्ष सम्म इस्रायलका सन्तानलाई उजाडस्थानमा अगुवाई गर्न परमेश्वर शक्तिशाली हुनुहुन्छ।
जब परमेश्वरले यर्मियालाई बोलावट गर्नुभयो, तपाइलाइ थाह छ उनले कत्ति नम्रताका साथ् प्रतिक्रिया दिए? उनले भने “हे सेनाहरूका परमप्रभु! कसरी बोल्नु म जान्दिन्। म एउटा बालक बाहेक केही होइन।” तैपनि परमेश्वरले यार्मियाको मुखमा वचन राखिदिनुभयो, र उनलाई एक अगमवक्ता बनाउनुभयो र शक्तिशाली रुपमा चलाउनुभयो।
पत्रुस एक अनपढ व्यक्ति थिए र परमेश्वरको बोलावट आउदा उनि माछा मार्दै थिए। जब परमेश्वरले उनलाई बोलाउनुभयो, उनले भने “मदेखि टाढा जानूहोस, परमप्रभु। म पापी मानिस हुँ।” तर परमेश्वरले उनलाई आफ्नो चेला बनाउनुभयो, आत्मिक बरदानले आशिषित पार्नुभयो, र उनलाई एक महान प्रेरित बनाउनुभयो। जोन वेस्ले, जसले मेथोडिस्ट चर्चहरुको स्थापना गरे, उनि एक पुड्का मानिस थिए र उनि होचा भएका कारण उनलाई धेरैले जिस्काउने र खिसी गर्ने गर्थे। तर परमेश्वरले उनलाई अग्निको ज्वाला जत्ति शक्तिशाली रुपमा चलाउनुभयो।
ड्वाइट लेम्यान मूडी नामका सन्त कम पढे लेखेका थिए र मानिसहरु उनको खराब अंग्रेजीका कारण उनको मजान उडाउने गर्थे। तर उनको सेवकाइका कारण लाखौ मानिसहरु आशिषित भए। आज पनि ख्रिस्टिय जगतको इतिहासमा उनको नाम सुनौलो अक्षरले लेखिएको छ।
परमेश्वरका प्रिय छोराछोरीहरु, अनेकौ सन्तहरुमा भए जस्तै तपाइमा पनि कुनै शारीरिक अशक्तता हुन सक्छ, तपाइले पनि यस्ता धेरै बाधा र अड्चनहरुको सामना गरिरहनु परेको होला जसका कारण तपाइको आत्मिक वृद्धिमा असर परिरहेको होला। हरेस नाखानुस। बुद्दिमान्लाई शर्मामा पार्न परमेश्वरले तपाईलाई चुन्नुभएको छ। बलियो हुनुस, स्थिर हुनुहोस, उठ्नुहोस र प्रकाशमान हुनुहोस।
मनन गर्नका लागि: “परमप्रभुले तिमीहरूलाई पुच्छर होइन शिर बनाई राख्नु हुनेछ” “ब्यबस्था २८:१३)