bo togel situs toto musimtogel toto slot musimtogel musimtogel musimtogel masuk musimtogel login musimtogel toto
Appam - Nepali

जुन 22 – महान सुन्दरता

“दश हजारमध्‍ये पनि मेरा प्रेमी श्रेष्‍ठ,  उज्‍ज्‍वल र रातो-पिरो हुनुहुन्‍छ।” (श्रेष्ठगीत 5:10)

धेरै मानिसहरु येशुको नजिक यस कारणले आउन खोज्छन की उनीहरुले उहालाई भेट्न सकुन। भेटिसके पछि उनीहरु उहाँको बारेमा गवाही दिन्छन। उहाँ कस्तो हुनुहुन्छ भनेर उनीहरु उल्लेख गर्छन। उहाँको प्रशंसा गर्दै उनीहरु भन्छन “”दश हजारमध्‍ये पनि मेरा प्रेमी श्रेष्‍ठ,  उज्‍ज्‍वल र रातो-पिरो हुनुहुन्‍छ।”

उहाँ गोरो वर्णको हुनुभएकोले पवित्रशास्त्रले उहालाई सेतो लिली फुलको रुपमा उल्लेख गरेको छ।” लिली फुल मैदानी जमिनमा फुल्छ र त्यहा सुगन्ध फैलाउछ, ठिक त्यसै गरि येशु ख्रीष्टले पनि गाईको गोठमा नम्र जन्म लिनुभयो र संसारभरी आफ्नो सुगन्ध फैलाउनुभयो।

उहाँ रातो पनि हुनुहुन्छ। रातो रंगले परमेश्वरको बलिदानलाइ र कलवरीमा बगाएको ख्रीष्टको रगतलाई जनाउछ। उहाँ जो पूर्ण रुपमा प्रेमिलो हुनुहुन्छ, कलवरीको क्रुसमा हाम्रा निम्ति आफ्नो रगत बगाएर रातो रंगको पनि बन्नुभयो। उहामा केहि सुन्दरता बाकि रहेको थिएन र उहाँ पूर्ण रुपमा किल्चिनु र पेलिनु भएको थियो। जब पनि हामी त्यो रातो रंगलाई देख्छौं, उहाँले भोग्नुभएको कष्ट, उहाँले हाम्रा निम्ति बगाउनुभएको रगत र हाम्रो निम्ति उहाँको बलिदानले हाम्रा हृदयहरुलाई भावुक बनाउदछ।

हामीले देख्यौं की कसरी पवित्रशास्त्रले उहाको सुन्दरतालाई सेतो रंगको लिली फुलसंग तुलना गरेको छ र रातो रंगलाई कलवरीमा बगाएको उहाँको रगतसंग तुलना गरेको छ। पवित्र शास्त्रले उहाँको रातो रंगलाई श्यारोनको रातो गुलाबसंग पनि तुलना गरेको छ। जब पनि हामी श्यारोन गुलाब फुललाई देख्छौं, कलबरीमा बगाएका उहाँका रातो अनि ठुला ठुला रगतका थोपाहरुले हाम्रो हृदयलाई कमाउने काम गर्छ। उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ। उहाँ मानिसका पुत्र हुनुहुन्छ। परमेश्वर पिताको दाहिने हाततर्फ़ बसेर हाम्रा निम्ति अर्जाविन्ती गर्ने उहाँ नै हुनुहुन्छ।

उदेकका मुक्तिदातालाई हेर्नुस त! उहाँ दशहजार मध्य पनि एक श्रेष्ठ प्रेमी, उज्वल र रातोपिरो हुनुहुन्छ। त्यो भन्दा महत्वपुर्ण कुरा, उहाँ तपाइको प्रेमी हुनुहुन्छ। तपाइले आफैलाई उहाँको हातमा समर्पण गरेको क्षण देखि नै, उहाँ तपाइको प्रेमी हुनुभयो। “स्‍वर्ग मेरो सिंहासन हो, र पृथ्‍वीचाहिँ मेरो पाउदान हो।” भन्नुहुने यति महान परमेश्वर तपाइको प्रेमी हुनु र तपाइलाई मार्गनिर्देशन गर्नु तपाइको लागी कति ठुलो आशिषको कुरा हो। (यशैया 66:1)

परमेश्वरका प्रिय छोराछोरीहरु, यदि तपाइले यी उदेकका मुक्तिदातालाई आफ्नो प्राणको प्रेमीको रुपमा ग्रहण गर्नुभयो भने, उहाँले तपाइको हृदयलाई पूर्ण रुपमा भरिदिनुहुन्छ। तपाइमा स्वर्गीय महिमा ल्याउनुहुन्छ। तपाइमा स्वर्गीय पवित्रता र इश्वरीय प्रेम स्थापित गरिदिनुहुन्छ।  उहाँ जो दश हजार मध्ये श्रेष्ठ हुनुहुन्छ, तपाइलाई पनि सामान्य मानिसबाट बिशेष मानिस बनाउनुहुन्छ।

मनन गर्नका लागी : “हामी स्‍वीकार गर्दछौं, कि हाम्रो विश्‍वासको रहस्‍य अति महान्‌ छ:  उहाँ स्‍वयम्‌ शरीरमा प्रकट हुनुभयो,  पवित्र आत्‍माद्वारा धर्मी ठहरिनुभयो,  स्‍वर्गदूतहरूबाट देखिनुभयो,  जाति-जातिहरूका माझमा प्रचारिनुभयो,  संसारमा विश्‍वास गरिनुभयो,  महिमामा माथि उचालिनुभयो।” (१ तिमोथी 3:16)

Leave A Comment

Your Comment
All comments are held for moderation.