Appam - Nepali

जुन 14 – उदेकका कर्म गर्नुहुने

“ पवित्रतामा अति महान्‌, महिमामा भययोग्‍य,  र उदेकका कर्म गर्नुहुने तपाईंझैँ को छ र?” (प्रस्थान 15:11)

 

उदेकको काम गर्नमा परमेश्वर जत्तिको कोहि पनि छैन। उहाँले गर्नुहुने आश्चर्यकर्महरु स्थायी, महिमामय र आशिषमय हुन्छन। उहाँले निश्चय नै तपाइको जीवनमा पनि आश्चर्यकर्म गर्नुहुन्छ।

केहि दुष्टात्माहरुले पनि आश्चर्यकर्म गर्छन, यसको बारेमा पवित्रशास्त्रमा पनि केहि घटनाहरु पाइन्छन। मिश्रका जादुगरहरुले मोसाको सामुन्ने आश्चर्यकर्म गरेर देखाए, होइन र? पवित्रशास्त्रले भन्दछ कि अन्त्यका दिनहरुमा धेरै झुटा ख्रीष्टहरु र झुटा अगमबक्ताहरु खडा हुनेछन र ठुला ठुला चिन्ह र आश्चर्यकर्म गरेर कैयौं मानिसहरुलाई बहकाउछन् यहाँ सम्म कि चुनिएका जनहरुलाई पनि। तर यी कुराहरु परमेश्वरको बिरुद्धमा खडा हुन सक्दैनन्। त्यसैले त मोसाले सोधे “ पवित्रतामा अति महान्‌, महिमामा भययोग्‍य,  र उदेकका कर्म गर्नुहुने तपाईंझैँ को छ र?” तपाइलाई चाहिएको हर एक आश्चर्यकर्म गर्न परमेश्वर तयार हुनुहुन्छ।

उहाँले पानीलाई दाखमद्यमा परिवर्तन गरेर आश्चर्यकर्म गर्नुभयो । उहाँले माछाको मुखबाट चादीको सिक्का निकालेर कर तिर्नुभयो। उहाँले पाँच रोटी र दुइ माछाले पाँच हजार जनालाई खुवाउनु भयो। उहाँले मरेकाहरुलाई बिउताउनुभयो। पवित्रशास्त्रले भन्दछ ” महान्‌ र अथाह कार्यहरू,  अनगन्‍ती आश्‍चर्यका कामहरू उहाँ गर्नुहुन्‍छ।” (अय्यूब 9:10)

यदि तपाई परमेश्वरबाट आश्चर्यकर्म चाहनुहुन्छ भने तपाइको जीवनमा उहाँ प्रतिको बिश्वास हुनु एकदम आवस्यक हुन्छ। आश्चर्यकर्म त्यहीं हुन्छ जहा बिश्वास हुन्छ। येशुले भन्नुभयो कि बिश्वास गर्नेले परमेश्वरको महिमा देख्नेछ।

बिश्वास सुनुवाईबाट आउछ र सुनुवाई परमेश्वरको बचनबाट आउछ। तपाई जत्ति धेरै मात्रामा परमेश्वरले गर्नुभएको आश्चर्यकर्ममा ध्यान दिनुहुन्छ, त्यति नै धेरै मात्रामा तपाइभित्र यस्तो बिश्वास जाग्छ कि उहाँले तपाइको जीवनमा पनि त्यस्तै आश्चर्यकर्म गर्नुहुन्छ। पवित्रशास्त्रभित्र उत्पत्तिको पुस्तक देखि लिएर प्रकाशको पुस्तकसम्मका सबै आश्चर्यकर्महरुका बारेमा अध्ययन गर्नुस। ” उहाँका सबै आश्‍चर्यकर्महरूको बयान गर।” (भजनसंग्रह 105:2)

आश्चर्यकर्मको लागी परमेश्वरमाथि बिश्वास हुनुका साथ साथै तपाइले आफ्नो मुख खोल्नुपर्दछ र उहाँको खोजि गर्नुपर्दछ। यसो भनेर बिन्ति गर्नुस ‘ हे उदेकका कामहरु गर्नुहुने परमेश्वर, मेरो जीवनमा पनि आश्चर्यकर्म गर्नुहोस।’ राजा हिजकियाले परमप्रभु तिर हेरेर प्रार्थना गरे। परमेश्वरले उनको जीवनमा आश्चर्य कर्मको आज्ञा गर्नुभयो (2 राजा 32:24) लाल समुन्द्रको किनाराबाट मानिसहरुले परमप्रभुलाई पुकारे, परमेश्वरले लाल समुन्द्रलाई दुइ भाग पारेर आश्चर्यकर्म गर्नुभयो। परमेश्वरका प्रिय छोराछोरीहरु, परमेश्वरले निश्चय नै तपाइको प्रार्थना सुन्नुहुन्छ र तपाइको जीवनमा पनि आश्चर्यकर्म गर्नुहुन्छ। उहाँ परमप्रभु हुनुहुन्छ र उहाँ कहिल्यै बदलिनुहुन्न। (मलाकी 3:6)

मनन गर्नका लागी : “तपाईं आश्‍चर्य कामहरू गर्ने परमेश्‍वर हुनुहुन्‍छ,  तपाईं आफ्‍नो सामर्थ्‍य मानिसहरूका बीचमा प्रकट गर्नुहुन्‍छ।” (भजनसंग्रह 77:14).

Leave A Comment

Your Comment
All comments are held for moderation.