No products in the cart.
सेप्टेम्बर 17 – सहायता गर्नुहुने परमेश्वर
“तर म त परमेश्वरलाई पुकार्छु, र परमप्रभुले मलाई बचाउनुहुन्छ। बिहान, बेलुकी र दिउँसो म दु:खमा उहाँलाई पुकार्छु, र मेरो सोर उहाँले सुन्नुहुन्छ।” (भजनसंग्रह 55:16-17)
केवल हाम्रा प्रभु येशू ख्रीष्ट मात्रै हुनुहुन्छ जसले हामीलाई साँच्चैनै सहायता गर्न सक्छ। जब पनि तपाइँ समस्यामा हुनुहुन्छ यो मानिसको स्वभाव हो कि उसले कुनै मानिसको सहायता खोज्छ। तर पवित्र शास्त्रले हामीलाई प्रष्ट गरी भन्द छ कि मानिसको सहायता त ब्यर्थको हुन्छ। (भजन संग्रह 108:12)
जब मेरा पिता यानी स्वर्गीय ब्रो साम जेबादुराईले स्कूली पढाइ सक्नुभयो, उहाँको पिताले उहाँको लागि उच्च स्तरीय शिक्षाको लागि खर्च जुटाउन सक्नु भएन किनकि उहाँ त्यतिबेला जागीरबाट अवकाश पाईसक्नुभएको थियो। तर मेरो हजुरबुबाको साथीले मेरो बुबालाई चेन्नई आउनुको निम्ति भने, र त्यहाँ उनले मेरो बुबाको लागि जागिर मिलाइदिने प्रतिबद्धता गरे। तर दुर्भाग्यवश उनले मेरो बुबालाई कुनै सहायता गरेनन् त्यसको ठीक विपरीत उनले मेरो बुबालाई चेन्नई सहरमा बिचल्लीमा पारे। हरेक दिन मेरो बुवा आफैले मेहनतका साथ जागिरको खोजी गर्थे, कामको खोजी गर्थे तर उहाले कुनै काम पाउनुभएन र अन्तमा उहाँसँग एक रुपैयाँ पनि सातमा रहेन। एउटा नयाँ शहरमा रुपैयाँ पैसा बिना नै बाँच्नु उहालाई एकदमै गाह्रो भयो।
एक दिन जब उहाँ भोक्कै र प्यासै चेन्नईको बाटोहरु भएर हिँड्दै हुनुहुन्थ्यो, अलिक पर हिँडिरहेको आफ्नो भाइलाई अचानक वहाँले देख्नुभयो। उहाँको यो भाई चेन्नई शहरमा एक सरकारी कर्मचारी थिए र उनी अलि सम्पन्न पनि थिए। उनलाई देखेर मेरो बुबा एकदमै खुसी हुनुभयो र मनमनै सोच्नुभयो कि अब उहाँको सबै दुःखहरु सकिए। उहाँ दौडदै आफ्नो भाइ तीर पुग्नुभयो तर दुःखको कुरा उनले पनि उहाँलाई केही सहायता गरेनन्।
जब कोही मानिसले पनि उहाँलाई सहायता गरेनन् उहाँको हृदय एकदमै टुट्यो। उहाँले घुँडा टेकेर परमेश्वरसँग प्रार्थना गर्नुभयो र आफ्नो सबै पिडाहरु परमेश्वरको चरणमा राख्नुभयो। उहाँले मनमा यो संकल्प पनि लिनुभयो अब देखि उसो म कहिले पनि मानिसको सहायता खोज्ने छैन। त्यसबेला उहाँले यो सत्यको महसुस गर्नुभयो कि साँच्चै नै मानिसको साहायता व्यर्थ नै हुन्छ। उहाँले परमेश्वरलाई अझै बढ्ता गरी खोज्न थाल्नु भयो। परमेश्वरले उहाँको जीवनमा केही दिनदेखि नै ठूलो बदलाव ल्याउनु भयो। त्यसको केही दिनपछि उहाँले एउटा स्कुलमा गणित पढाउने शिक्षकको जागिर पाउनुभयो। र परमेश्वरले उहाँलाई पछि गएर आयकर विभागमा पनि काम दिनुभयो। यसरी परमेश्वरले उहालाई बिस्तारै माथि उचाल्नु भयो।
त्यसको धेरै वर्षपछि परमेश्वरले उहाँलाई आफ्नो सेवकाईमा बोलाउनुभयो। अनि परमेश्वरले उहाँलाई सयौं आत्मिकी पुस्तकहरु लेख्नलाई अगुवाई गर्नुभयो। उहाँले मेरो बुबालाई धेरै देशहरुमा सुसमचार प्रचार गर्नलाई पनि सहायता गर्नुभयो। यी सबै यात्राहरुमा केवल परमेश्वरले नै उहाँलाई सहायता पुर्याउनु भयो। परमेश्वरका प्रिय छोराछोरीहरु, आज तपाई पनि यस्तै अवस्थाबाट गुज्रिरहेको भएको हुनसक्छ। तपाईंको मनमा पनि यो कुरालाई लिएर एकदमै ठूलो पीडा होला कि तपाईंको सहायता गर्ने कोही पनि छैन। परमेश्वरलाई पुकार्नहोस्। उहाँले तपाईंको रोधन लाई सुन्नुहुन्छ र तपाईंका सबै दुख र कष्ट बाट मुक्त गराउनु हुन्छ।
मनन गर्नका लागि: “किनकि दरिद्रहरूलाई, जसले पुकार गर्छन्, र सहायता नपाएका गरीबहरूलाई उनले उद्धार गर्नेछन्।” (भजनसंग्रह 72:12)