No products in the cart.
अगस्ट 17 – तपाइँ कसलाई खुशी पार्नुहुन्छ ?
“विश्वासमा दह्रिला हुने हामीले आफैलाई मात्र खुशी पार्ने इच्छा नराखेर दुर्बल मानिसहरूका कमजोरीलाई सहनुपर्छ।” (रोमी १५:१)
तपाई कसलाई खुशी पार्नुहुन्छ? तपाइको जीवन कसमा निर्भर छ? तपाई को तिर दौडिदै हुनुहुन्छ? कतिपय मानिसहरु आफैलाई मात्र खुशी पार्छन भने कतिपय चाही अरुलाई खुशी पार्छन। आफैलाई मात्र खुशी पार्नेहरु चाहिं स्वार्थी कहलाइञ्छन । अरुलाई खुशी पार्नेहरु चाही पछि गएर आफै दुख पाउछन। तर परमेश्वरलाई खुशी पार्नेहरु चाहि सदाकालसम्मै खुशी रहन्छन।
पिलातुसलाइ हेर्नुस त! उनि भिडलाइ खुशी पार्न चाहन्थे (मर्कुश १५:१५) उनमा एउटा गलतफेहमी थियो कि भिडलाई खुशी पार्यो भने उनलाई लामो समयसम्म उच्च पदमा टिकिरहन मदत पुग्छ। उनले सोचे “भिडले बारब्बालाइ छुटाउन मन गर्दैछन। यदि मैले भिडलाई खुशी पारें भने यिनीहरुले मलाइ समर्थन गर्नेछन र म लामो समयसम्म यस पदमा रहन पाउनेछु। मैले अरुबाट पनि इनाम पाउने छु र बिना कोहि विपक्ष मैले नै सरकार चलाउन पाउनेछु।” उनले येशुलाई खुशी पार्न चाहेनन्। उनले सोचे होलान कि येशुलाई खुशी पार्नाले कुनै पनि लाभ हुदैन।
धिक्कार! इतिहासका पुस्तकहरुले भन्छन कि पिलातुसको अन्त एकदम दयनीय थियो। आफ्नै हिनताबोधले उनलाई बारम्बार घोचिरह्यो र उनि एक बौलाहा मानिस जस्तै गरि यताउता घुम्न थाले। अन्तमा उनले एउटा तलाउमा हाम फालेर आत्महत्या गरे । त्यसैले, पीलातुसले जस्तो मानिसहरुलाइ खुशी पार्ने प्रक्रियामा परमेश्वरलाई दुखि नतुल्याउनुहोस। येशुलाइ खुशी पार्नुस जसले तपाइको नाकमा जीवनको सास फुकिदिनुभयो र जसले तपाइको खातिर आफैलाई क्रुसमा अर्पण गर्नुभयो ।
हो, तपाइले आफ्नी पत्नीलाई, छोराछोरीलाई र आफन्तलाई खुशी पार्नुपर्छ। तर परमेश्वरलाई दुखि तुल्याएर तपाइले कुनै पनि संसारिक सम्बन्धप्रति प्रेम र मोह देखाउनु हुदैन।
एकपटक, सेनाका एकजना ठुला अफिसरले आफ्ना साथीहरुलाई मद्यपान पस्किनको लागि आफ्नी श्रीमतीलाई अह्राए तर उनकी श्रीमतीले त्यो गर्न इन्कार गरिन। उनले प्रेमका साथ् भनिन् “तपाइकि श्रीमती भएको नाताले तपाइँप्रति मेरो कतिपय जिम्मेवारीहरु छन्। तर परमेश्वरलाई दुखि तुल्याएर तपाइलाई खुशी पार्न भने म सक्दिन ।”
यस संसारमा तपाइको जीवन केवल छोटो अवधिको लागि मात्रको हो। तर तपाइले परमेश्वरसंग स्वर्गीय राज्यमा करोडौं बर्ष जिउनुपर्छ। तपाई मानिसलाई खुशी पार्दै हुनुहुन्छ कि परमेश्वरलाई? परमेश्वरका प्रिय छोराछोरीहरु, आफ्नो जीवनलाई परमेश्वरलाई खुशी पार्ने जीवन बनाउनुहोस।
मनन गर्नका लागी: “के म मानिसहरूको निगाह खोज्दैछु, कि परमेश्वरको? अथवा के मैले मानिसहरूलाई खुशी पार्न खोज्दैछु? यदि मैले अझै मानिसहरूलाई खुशी पार्न कोसिस गरेको भए म ख्रीष्टको दास हुनेथिइनँ।” (गलाती १:१०)