No products in the cart.
अगस्ट 16 –सिद्ध तुल्याइनुहुनेछ!
““मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।”” (२ कोरिन्थी १२:९)
परमेश्वरको शक्ति तपाइको दुर्बलतामा नै सिद्ध हुन्छ। कतिपय समयमा परमेश्वरले नै तपाइको जीवनमा कतिपय दुर्बलताहरुलाइ अनुमति दिनुहुन्छ। उहाले त्यो यो उद्देश्यले गर्नुहुन्छ कि उहाको शक्ति तपाइको जीवनमा सिद्ध होस्।
जब तपाइको जीवनमा कुनै दुर्बलता आउछ भने तपाइँ परमेश्वरमा नै भरोसा गर्नुहुन्छ। नत्र भने त तपाइको निम्ति परमेश्वरको अनुग्रहमा भर पर्ने अरु कुनै कारण नै हुदैनन्। तपाइले परमेश्वरलाई महिमा दिनुपनि हुन्न । उहाले तपाइको जीवनमा कतिपय दुर्बलताहरुलाइ अनुमति दिनुहुन्छ ताकि तपाई पूर्णतया उहाको शक्ति र अनुग्रहमा भर पर्नुहोस।
प्रेरित पावलमा पनि एउटा दुर्बलता थियो । उनि भन्छन “तर प्रशस्त प्रकाशहरूको कारण घमण्डले म बढ्ता नफुलूँ भनेर मलाई सताउन र घमण्डबाट रोक्नलाई शैतानको दूत, अर्थात् एउटा काँढ़ो मेरो शरीरमा दिइयो। यो मबाट हटोस् भनेर मैले तीन पल्ट प्रभुसित बिन्ती गरें।” (२ कोरिन्थी १२:७-८ )
परमेश्वर स्वयंले पावलको जीवनमा त्यो दुर्बलता दिनुभयो। परमेश्वरले पावललाइ अनगिन्ति दर्शन र प्रकाश दिनुभएको थियो। त्यसले गर्दा पावल घमण्डले बढ्ता फुल्ने सम्भावना थियो र त्यसै कारणले परमेश्वरले उनको जीवनमा त्यो दुर्बलातालाई अनुमति दिनुभएको थियो ।
परमेश्वरले भन्नुभयो “जब यी दुर्बलाताहरु तँमा छन् भने घमण्ड तेरो नजिक पनि आउनेछैन। तँ नम्र हुनेछस र मेरो शक्तिमा निर्भर हुनेछस । म तँलाई निरन्तर रुपमा चलाइरहने छु। त्यसैले आफ्ना दुर्बलाताहरुलाई नहेर। मेरो अनुग्रहलाई हेर । मेरो शक्ति तेरो दुर्बलातामा सिद्ध हुन्छ ।’ पावल प्रेरितले यो कुरालाई खुशीसाथ स्वीकारे। उनि परमेश्वरकै अनुग्रह र उहाकै शक्तिमा निर्भर भएका कारण उनलाई परमेश्वरले शक्तिशाली रुपमा प्रयोग गर्नुभयो ।
परमेश्वरका प्रिय छोराछोरीहरु, आफुमा भएको दुर्बलतालाई देखेर चिन्तित नहुनुस। तपाइको काम शत प्रतिशत सिद्ध कहिले होला भनेर कुरेर नबस्नुस । तपाइको दुर्बलतामा पनि परमेश्वरको निम्ति महान कामहरु तपाइले गर्न सक्नुहुन्छ । जति मात्रामा तपाई परमेश्वरको अनुग्रहमा निर्भर हुनुहुन्छ, त्यति नै मात्रामा परमेश्वरको शक्ति तपाइको शरीरमा बग्दछ । त्यसपछि तपाइले पनि परमेश्वरको निम्ति महान काम गर्नुहुनेछ।
मनन गर्नका लागी: “शक्तिशालीलाई शर्ममा पार्नलाई परमेश्वरले संसारका निर्बल कुराहरूलाई छान्नुभयो।” (१ कोरिन्थी १: २७)