जुली 26 – हाम्रो लक्ष्य हुन्छ
“यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ।” (२ कोरिन्थी ५:९)
दमस्कसको बाटोमा येशु ख्रिस्ट्ले पावल प्रेरित संग भेट गरेको दिन देखि, पावलले येशुलाई प्रसन्न तुल्याए र आफ्नो जीवन उहाँमा समर्पण गरे। कोरिन्थिको मण्डलीलाई लेख्दै उनि भन्छन “यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ।” (२ कोरिन्थी ५:९) कारणको रुपमा अर्को पदमा उनि लेख्छन “किनकि हामी सबै ख्रीष्टका न्याय-आसनको सामुन्ने खड़ा हुनुपर्छ, यसरी शरीरमा हुँदा आफूले गरेबमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ।” (२ कोरिन्थी ५:१०)
तपाइको जीवन मृत्युपछि नै सकिने जीवन होइन। मृत्यु पछि, हरेक व्यक्ति येशुको न्यायको सिंहासन अघि उभिनु पर्छ। पृथ्वीमा छँदा नै तपाइले जिउनुभएको जीवन परमेश्वरलाई प्रसन्न तुल्याउने जीवन हुनुपर्छ, विश्वासयोग्य र सिद्द हुनुपर्छ। त्यसपछि मात्र जब तपाइँ ख्रीष्टको न्यायको सिंहासन अगाडी उभिनु हुन्छ, तपाइले जीवनको मुकुट र अनन्तको वासस्थान प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले सधै परमेश्वरलाई प्रसन्न तुल्याउने काम मात्र गर्नुस ।
एक पटक एउटा कम्युनिस्ट देशमा पास्टरलाइ जेलमा हालियो। उनि त्यहाको दण्ड सहनै नसक्ने अवस्थामा पुगे। उनको हृदय बस्न थाल्यो। एकदिन जेलको सिपाहीले उनलाई भने “तिमि किन व्यर्थमा यति धेरै दण्डको भागिदार हुन्छौ? यहाँ जेलभित्र २ जना स्त्रीहरु छन्, यिनीहरुलाई गोलि हानेर मारिदेउ, हामि तिमीलाई जेलबाट मुक्त गरिदिन्छौं।” पहिले त उनि आनाकानी गरिरहे, तर पछि उनले यो शर्त मन्जुर गरे र बन्दुक हातमा लिए।
जब ति दुइ स्त्रीहरुलाई उनको सामु ल्याइयो, उनीहरुलाई देखेर उनि झस्किए किनकि ति स्त्रीहरु उनले नै सुसमाचार सुनाएर उद्वार दिलाएका उनकै मण्डलीका सदस्यहरु थिए। उनीहरुले पास्टरलाइ भने “पास्टर, तपाइले यहाँको पिडा साहना नसकेर होला यस्तो निर्णय लिनुभएको। तपाइले हामीलाई येशु ख्रिस्ट चिनाईदिनुभयो, र आज तपाइले नै हामीलाई मार्न बन्दुक उठाउनुभएको छ। हामी मर्ने परे तापनि येशु ख्रिस्टलाइ इन्कार गर्ने छैनौँ। हामीलाई मारे ता पनि त्यस पछि चाही तपाइँ फेरी ख्रिस्ट मै फर्किनुहोस भनि हामी तपाईसंग विन्ती गर्छौं। परमेश्वरलाई प्रसन्न पार्ने काम गर्नुहोस। विन्ती छ विस्वासबाट पछि नहट्नुस।
ति पास्टरले उनीहरुको निर्ममरुपमा हत्या गरे। उनीहरुलाई मारेपछि त आफु मुक्त भै स्वतन्त्र जीवन जिउछु भन्ने सोचेका थिए तर भयो त्यसको ठिक बिपरित। उनले ति स्त्रीहरुलाई मारेका मात्र के थिए, जेलका सिपाहीहरुले आफ्ना बन्दुक उठाए र उनलाई पनि गोलि हानि हत्या गरे। उनले आफ्नो पापको प्रायश्चित सम्म गर्न पाएनन। परमेश्वरका प्रिय छोराछोरीहरु, यस संसारको जीवन तपाइले एकचोटी मात्र पाउनुहुन्छ। त्यसैले तपाइको यो जीवन परमेश्वरलाई प्रसन्न तुल्याउने र उहालाई मनपर्ने होस्।
मनन गर्नका लागि: “यदि हामी बाँच्छौं भने प्रभुकै निम्ति बाँच्छौं, र मर्छौं भने प्रभुकै निम्ति मर्छौं। चाहे हामी बाँचौं, चाहे मरौं, हामी प्रभुकै हौं।” (रोमी १४:८)