No products in the cart.
जुली 25 – के हामीले अरुलाई दोष लाउन हुन्छ?
“हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ।” (१ कोरिन्थी १३:९)
मानव ज्ञान अपूर्ण छ। यदि आफैमा ज्ञानको आभाव छ भने त्यस्तो मानिसले कसरि अरुमाथि दोषारोपण गर्न सक्छ? आज अरुमाथि दोषारोपण गर्ने बानि सरुवा रोग जस्तो गरि एकदम छिटो गतिमा फैलिदै छ र यसले आत्मिक जीवनमा अनि असर पार्दैछ। हरेक व्यक्तिको निम्ति यो कुरा जान्नु अति नै महत्वपूर्ण भएको छ कि उसले अरुमाथि कुन हदसम्म दोष लगाउन मिल्छ र पवित्रशास्त्रले यसको बारेमा के भनेको छ।
येशु ख्रीष्टले भन्नुभयो “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने, 24तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढ़ाऊ।” (मत्ति ५:२३-२४)
उद्वार पाएकाहरुमा, अभिषेक पाएकहरुमा र परमेश्वरका सेवकहरुमा पनि कतिपय गल्तिहरु भेटिन्छन। यसको कारण के हो भने यी सबै व्यक्तिहरु पनि मानिसहरु नै हुन्। उनीहरु लड़खडाउनु या चुक्नु पनि स्वाभाविक कुरा हो। जब परमेश्वरका सेवकहरुमा कुनै गल्ति या खोट पत्ता लगाउनुहुन्छ, उनीहरुको निम्ति उपवास बस्नुस र प्रार्थना गर्नुस। यदि तपाइँ उनीहरुलाई ति गल्ति र खोटको बारेमा बताउन चाहनुहुन्छ भने, उनिहरुसंग एकान्तमा भेट्नुस र ति गल्तिहरुको बारेमा कुरा प्रष्ट पार्नुस।
जब दाउद पापमा फंसे, अगमवक्ता नातानले पनि यहि गरे। नातानको यो कामले दाउदलाइ आफ्नो पाप स्वीकार गर्न र परमेश्वरतर्फ फर्किनलाइ बाटो तयार पारिदियो। होइन र? यहि कुरालाई धेरै मानिसहरुको माझमा छलफल गर्नुको सट्टा, कुनै मानिसलाई निशाना बनाएर उच्च आवाजमा पुल्पिट बाट हमला गर्नाले कसैको भलाइ हुदैन, बरु यसबाट सैतान चाही खुशी हुन्छ। किनकि शैतान चाही ‘हाम्रा भाइहरुलाई दिन रात दोष लगाउने’ व्यक्ति हो । (प्रकाश १२:१०) होइन र?
तपाई यस संसारमा बाच्ने दिनहरु धेरै नै कम छन्। यदि यी कम दिनहरुलाई परमेश्वरको प्रशंसा र महिमा गर्ने काममा उपयोग गरियो भने कति असल हुनेथियो? यदि यी कम दिनहरुलाई आत्मा बचाउने र उनीहरुलाई नरकको दण्डबाट छुटाउने काममा उपयोग गरियो भने कति असल हुनेथियो? यदि तपाइले यी दिनहरुलाई अरुको दोष पत्ता लगाउने र अरुलाई दोष लगाउने काममा खेर फाल्नुभयो भने, तपाइले अनन्त सम्मै परमेश्वरले तपाइलाइ दिनुभएको सुनौलो अवसरलाई सम्झेर बिलौना गर्नुपर्ने छ।
अरुलाई दोष लगाउने व्यक्तिहरु यो यस कारण गर्छन किनकि उनीहरुमा परमेश्वरको निम्ति साचो प्रेम छैन र आत्मा बचाउने काममा साचो रुचि छैन। अरुलाई दोष लगाउने अर्को कारण चाही उनीहरु भित्र बलिरहेको डाहको र जलन हो। येशु ख्रीष्टले भन्नुभयो “न्याय नगर” (मत्ति ७:१) परमेश्वरका प्रिय छोराछोरीहरु, परमेश्वरले तपाइलाइ यस संसारमा रहन दिनुभएको हरेक पल तपाइको निम्ति एक उपहार हो भन्नेकुरा थाहा गर्नुस, र यसको सदुपयोग गर्नुस। बोझका साथ् प्रार्थना गर्न आफैलाई समर्पित गर्नुहोस। तब तपाइँले प्रशस्त मात्रामा आशिष पाउनुहुनेछ।
मनन गर्नका लागि: “अदुष्टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहोऊ, किनकि तिनीहरू चाँड़ै घाँसझैँ सुकिजानेछन्, र हरिया बिरुवाजस्तै ओइलिजानेछन्। (भजनसंग्रह ३७:१-२) )