Appam - Nepali

जुली 15 – हामीले आफैलाई देख्नेछौं

“मैले परमप्रभुलाई अग्‍लो र उच्‍च सिंहासनमा विराजमान हुनुभएको देखें। ” (यशैया  ६:१  )

तपाईले परमेश्वरलाई देख्नुपर्छ।  तपाइले उहाँको प्रतिरुपलाई देख्नुपर्छ।  तपाइले उहाँको महानता र महिमाको अनुभव गर्नुपर्छ।  जब तपाइँ परमेश्वरलाई देख्नुहुन्छ, तपाइले आफैलाई पनि देख्नुहुन्छ।

तपाइँ आफैले आफैलाई देख्नको निम्ति पहिले परमेश्वरलाई देख्नु आवस्यक छ। यशैयाले परमेश्वरलाई देखे।  त्यसो गर्नाले उनले आफैलाई देखे।  आफु कति दयनिय अवस्थामा रहेछु भनि उनले महशुस गरे । उनले महशुस गरे कि उनि त अशुद्ध ओठ भएका मानिस थिए र अशुद्ध ओठ भएका मानिसहरुका बिचमा बस्ने मानिस थिए।

जब तपाइँ परमेश्वरको सामुन्ने खडा हुनुहुन्छ, तपाइको चेतनाले अवस्य नै तपाइलाइ आफ्नो पापहरु महशुस गर्ने तुल्याउछ।  तपाइको सब नराम्रा बिचारहरु, घिनलाग्दा कुराहरु र तपाईका जीवनमा भएका सबै कमि कमजोरीहरु खुलस्त रुपमा प्रकट हुन्छन।  त्यसैले जब तपाइँ हरेक दिन परमेश्वरको उपस्थितिमा खडा हुनुहुन्छ भने यसले तपाइँ आफैले आफैलाई मुल्यांकन गर्न मदत गर्छ र तपाइमा भएका कमि कमजोरीहरुमाथि विजयी हुन तपाइलाइ सहायता गर्छ।

जब तपाइँ आफ्नो साचो अवस्थालाई जान्नुहुन्छ, आशुका साथ् परमेश्वरसंग क्षमा माग्नुस र आफैलाई सच्च्याउनुहोस।  त्यसपछि परमेश्वरले तपाइलाइ निश्चय नै शक्तिशाली रुपमा चलाउनुहुन्छ।

पवित्र शास्त्रले भन्दछ “म उच्‍च र पवित्र ठाउँमा बस्‍दछु, विनम्रको आत्‍मा जागृत गराउन र पश्‍चात्तापीको हृदय जागृत गराउन, त्‍यससँग पनि बस्‍दछु जो आत्‍मामा पश्‍चात्तापी र विनम्र छ।” (यशैया ५७:१५)

जब तपाइँ परमेश्वरसंग भेट्नुहुन्छ, उहाले तपाइको पश्चातापी र बिनम्र हृदय देख्नुभएको होस्।  उहाले देख्नुभएको होस् कि पवित्र जीवन जिउन तपाइँ कत्ति इच्छा गर्नुहुन्छ।  उहाँले तपाइले आशुसहितको प्रार्थना देख्नुभएको होस्।

दाउद भन्छन “तोडिएको आत्‍मा नै परमेश्‍वरको निम्‍ति बलिदान हो। हे परमेश्‍वर, तोडिएको र पश्‍चात्तापी हृदयलाई तपाईं तिरस्‍कार गर्नुहुन्‍न।” (भजनसंग्रह ५१:१७) उहाले कहिल्यै तपाइको आँशुसहितको प्रार्थनालाई तिरस्कार गर्नुहुन्न।

कोठाभित्र उडीरहने धुलाका कणहरु हामी नाङ्गो आखाले देख्न सक्दैनौ।  तर यदि घामको किरण छानोको सानो प्वालबाट कोठाभित्र छिर्यो भने हामि धुलोको हजारौं कणहरु छर्लंगै देख्न सक्छौं।  त्यस्तै गरि, तपाइँ आफैले आफूभित्र भएका अपराधहरुलाई देख्न सक्नुहुन्न।

जब तपाइँ परमेश्वरको उपस्थितिमा बस्नुहुन्छ, पवित्र आत्माको प्रकाश तपाई माथि पर्छ र उहाले तपाइलाइ आफुमा भएका सारा गल्तिहरु र कमि कमजोरीहरुको महशुस गराउनुहुन्छ।  त्यो अवस्थामा परमेश्वरले तपाइलाइ आफुमा भएका सारा गल्ति र कमि कमजोरीहरुलाई आशुका साथ् स्वीकार  गरेर  ति कुराहरु माथि विजय प्राप्त गर्न सहायता गर्नुहुन्छ। आमेन।

मनन गर्नका लागि: “हे परमेश्‍वर, मलाई जाँच्‍नुहोस्‌, र मेरो हृदयलाई जान्‍नुहोस्‌। मलाई जाँच्‍नुहोस्‌, र मेरा चिन्‍ताहरूलाई जान्‍नुहोस्‌।” (भजनसंग्रह १३९:२३)

Leave A Comment

Your Comment
All comments are held for moderation.