No products in the cart.
जुली 13 – मुक्तिको दिन
“हे परमप्रभु, आफ्नो प्रजामाथि निगाह गर्नुहुँदा मलाई सम्झनुहोस्, तिनीहरूको उद्धार गर्नुहुँदा मलाई पनि सहायता गर्नुहोस्,” (भजनसंग्रह १०६:४)
अन्तका यी दिनहरु ति दिनहरु हुन् जसमा परमेश्वरले आफ्ना छोराछोरीहरुलाई भेट गर्नुहुन्छ, सहायता गर्नुहुन्छ र तिनीहरुलाई सित्तैमा उद्वार दिनुहुन्छ। हेर्नुस त दाउद के भनेर प्रार्थना गर्छन “तिनीहरूको उद्धार गर्नुहुँदा मलाई पनि सहायता गर्नुहोस्।”
अन्तका यी दिनहरुमा परमेश्वरले असंख्य सेवकहरुलाई खडा गरिसक्नुभएको छ। उद्वारको प्रचार, येशु ख्रीष्टको दोस्रो आगमनको प्रचार र मुक्तिको प्रचार जताततै फैलाइदै छन्। पवित्र आत्माको वर्षा सारा राष्ट्रमाथि खन्याइएको छ। परमेश्वरले असंख्य प्रार्थनाका योद्धाहरु खडा गर्नुभएको छ र आफ्नो दोस्रो आगमनको तयारि गरिरहनुभएको छ। येशुले भन्नुभयो “अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त्य आउनेछ।” (मत्ती २४:१४) धेरै मानिसहरुसम्म सुसमाचार पुग्नु उहाको दोस्रो आगमनको एकदम महत्वपुर्ण चिन्ह हो।
हाम्रो बुबा एक पूर्णरुपमा सुसमाचार प्रचारक हुनुहुनेछ भनेर हामीले कहिल्यै सोचेका थिएनौं। उहा आयकर विभागमा काम गर्नुहुन्थ्यो । मेरो आमा पनि सरकारी राजस्व विभागमा काम गर्नुहुन्थ्यो। तर जब परमेश्वरले उहाँहरुलाई दर्शन दिनुभयो र पूर्ण रुपमा प्रचारक हुनका निम्ति बोलाउनुभयो, उहाँहरुले परमेश्वरको बोलावटलाइ मान्नुभयो। परमेश्वरले उहाहरुलाई थाम्नै नसकिने गरि सेवकाइको भार दिनुभयो। मेरो बुबा दिन रात आत्मिक पुस्तकहरु लेख्नुहुन्थ्यो, उपवास प्रार्थनाको आयोजना गर्नुहुन्थ्यो र साथसाथै सुसमाचारको सेवाकाइ पनि गर्नुहुन्थ्यो।
पवित्रशास्त्रले भन्दछ “यस्तो अज्ञानताका समयलाई परमेश्वरले ध्यान दिनुभएन, तर अब प्रत्येक ठाउँमा सब मानिसहरूलाई पश्चात्ताप गर्ने आज्ञा दिनुहुन्छ।” (प्रेरित १७:३०) बिगतका दिनहरु अज्ञानताका दिनहरु थिए। हाम्रा पिता पुर्खाहरु अज्ञानताको अन्धकारमा थिए र मुर्तिहरुका पुजा गर्थे। परमेश्वरले मानिसहरु माथि दया देखाउनुभयो, बिदेशी मुलुकहरुबाट मिशनरी अनि प्रचारकहरुलाई ल्याउनुभयो र मानिसहरुलाई उनीहरुद्वारा सुसमाचार सुनाउनुभयो।
तर अब त तपाई परमेश्वरको बारेमा जान्नुहुन्छ र उहाको आगमन नजिक छ भनि थाह पाउनुभएको छ। त्यसकारण आफ्ना सारा पापहरु येशु ख्रीष्टको रगतले पखाली माग्नुहोस, आफ्ना पापहरु क्षमा गरिमाग्नुहोस र सके जति आफैलाई परमेश्वरको सेवकाइमा समर्पित गर्नुहोस।
तपाइको एक दिन पनि नष्ट हुन नदिनुहोस। यदि पानीले बाँध नाघिसक्यो भने जतिसुकै आशु बगाए पनि त्यो पानीलाई फेरी बाध भित्र फर्काउन सकिदैन। त्यसैगरी तपाइले अल्छि गरेर बिताएका दिनहरु तपाइले कसैगरी पनि फेरी पाउनुहुन्। हिब्रु २:३ ले भन्छ “हामीले यति महान् मुक्तिको वास्ता राखेनौं भने हामी कसरी उम्कौंला?”
परमेश्वरका प्रिय छोराछोरीहरु, जब तपाइँ स्वर्ग जानुहुन्छ, तपाइँ खालि हात त्यहा जान सक्नुहुन्न। हजारौं आत्मा जितेर मात्र स्वर्ग जाने प्रण गर्नुस।
मनन गर्नका लागि: “हेर, ग्रहणयोग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो।” (२ कोरिन्थी ६:२)