No products in the cart.
जुली 12 – सयायता आउने दिशा
“पूर्वदेखि होस् वा पश्चिमदेखि, अथवा मरुभूमिबाट होस्, कसैले पनि मानिसलाई उचाल्न सक्दैन।” (भजनसंग्रह 75:6)
पवित्रशास्त्रमा भजनसंग्रहको १५० अध्यायहरु छन्। यी १५० अध्यायहरु मध्ये ७३ वटा दाउदले, १२ वटा आसापले, ११ वटा कोरहका छोराहरुले, २ वटा सोलोमनले, १ वटा मोसाले र एक एतानले लेखेका हुन्। ५० वटा अध्यायका लेखकहरु का बारेमा केहि जानकारी छैन। भजनसंग्रहले हामीलाई सन्तहरुका बिचारहरु र उनीहरुले जानेका सत्यहरुका बारेमा जानकारी दिन्छ।
जब इस्रायलीहरुका बिरुद्ध शत्रुहरु आइलागे, इस्रायलीहरुले वरिपरिका अन्य देशहरुले उनीहरुको सहायता गर्छन कि भनेर आशा गरे। उनीहरुले यस्तो विचार गरे “पूर्वमा भएको मिश्र देशबाट हाम्रो सहायता आउछ कि, कसैले हामीलाई आफ्ना रथहरु र घोडाहरु दिएर हामीलाई सहायता गर्छ कि, इत्यादी इत्यादि। तर कोहि उनीहरुको सहायताको लागि आएनन। तपाइले सहायताको लागि हेर्ने दिशा पुर्व, पश्चिम, उत्तर या दक्षिण होइन। त्यसो हो भने सहायताको लागि हेर्नुपर्ने दिशा कुन हो त?
दाउद भन्छन “पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु। मेरो गुहार कहाँबाट आउँछ? स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ।” (भजनसंग्रह १२१:१,२) परमेश्वर जसलाई तपाइँ प्रेम गर्नुहुन्छ, उहाले मात्र तपाइको सहायता गर्न सक्नुहुन्छ। सहायता उहाँको हातमा छ। यो कामको निम्ति उहाले ठुलो समुहलाई पनि उपयोग गर्नुहुन्छ, या सानो झुण्डलाई पनि।
जब मिध्यानीहरु ठुलो संख्यामा इस्रायलीहरुको बिरुद्धमा आए, गिदियोनले कुनै दिशातिर हेरेनन् तर परमेश्वरमाथी भरोसा राखे। परमप्रभु इस्रायलीहरुसंग हुनुभएकोले उनीहरु केवल ३०० जनाको सानो समूह भइकन पनि त्यति ठुलो सेनामाथि बिजय प्राप्त गरे।
एकदिन, राजा हिजकियाको बिरुद्ध युद्ध भयो। अश्शुरका राजा सनहेरिबले राजा हिजकियालाई एक भयानक पत्र लेखेर पठाए। राजा हिजकियाले कसरि त्यति बिशाल अश्शुरी सेनामाथि विजय प्राप्त गरे? उनले सहायताको लागि पुर्व या पश्चिमतिर हेरेनन्, तर परमेश्वरतिर हेरे। परमेश्वरले आफ्नो स्वर्गदुत पठाएर उनको सहायता गर्नुभयो । पवित्रशास्त्रले भन्दछ “तब परमप्रभुका दूत गएर अश्शूरीहरूको छाउनीमा एक लाख पचासी हजार मानिसहरूलाई मारे। मानिसहरू बिहान उठ्दा उनीहरूले ती सबै लाशहरू देखे।” (यशैया ३७:३६)
परमेश्वरका प्रिय छोराछोरीहरु, तपाइँ पनि विभिन्न समस्याहरुमा पर्नुभएको हुनसक्छ। तपाइँ सोच्दै हुनुहुन्छ होला कि कसले तपाइलाई यो समस्याबाट मुक्त गरिदेला, म कहाँ गुहार माग्न जाउँ? म कोसंग सापटी मागूँ ? कुनचाही अधिकारीलाई म गुहार लगाउँ, इत्यादि। परमेश्वरले तपाइलाई के प्रतिज्ञा गर्नुभएको छ? “विजय न पूर्वबाट आउछ, न पश्चिमबाट आउछ, न त उजाड्स्थानबाट आउछ। सहायता त केवल परमेश्वरबाट आउछ।”
मनन गर्नका लागि: “तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ।” (१ कोरिन्थी १५:५७)