situs toto musimtogel toto slot musimtogel link musimtogel daftar musimtogel masuk musimtogel login musimtogel toto
Appam - Nepali

अगस्ट 23 – साँग्लाहरु बाट छुटकारा !

“तिम्रो हातको साँग्लाहरुबाट म तिमीलाई मुक्त गरिदिदै छु ” (यर्मिया ४०: ४)।

आज, परमेश्वरका मानिसहरुका हातहरु धेरै अदृश्य साँगलाहरुबाट बाँधिएका छन्। कतिपय मानिसहरु जुन साँग्लाहरुले बाँधिएका हुन्छन ति ऋणका साँग्लाहरु हुन्।  उनीहरुले उदारतापूर्वक मण्डलीमा योगदान दिन चाहेपनि , ति साँग्लाहरुले उनीहरुलाई बाँधिरहेको हुन्छ। केहि मानिसहरु घुसको बन्धनमा बाँधिएका छन्। यसले उनीहरुलाई साँचो ईसाई जीवन बिताउनलाई बाधा पुर्याउछ। केहि मानिसहरु श्राप द्वारा बाँधिएका छन् र तिनीहरुको प्रयास कहिल्यै पूरा हुँदैन। उनीहरु हरेक काममा असफलताको सामना गर्छन्।

तर, आज परमेश्वरले तपाइँलाई एउटा प्रतिज्ञा गर्नुहुन्छ। ईश्वर जो फलामको साँगलाहरु र पीतलका ढोकाहरु भत्काउन सक्षम हुनुहुन्छ, छुटकाराको घोषणा गर्दै भन्नुहुन्छ, “तिम्रो हातको साँग्लाहरुबाट म तिमीलाई मुक्त गरिदिदै छु ”

परमेश्वरका प्रिय छोराछोरीहरु, केवल तपाइँलाई थाहा छ कि  तपाइँको हात कुन बन्धनले बाँधिएको छ। त्यो कुन बन्धन हो  परमेश्वरलाई स्पष्ट रूपले प्रकट गर्नुहोस्। हप्ताको कम्तीमा एक दिन उपवास बस्नुहोस् र प्रार्थना गर्नुहोस् ताकि त्यो बन्धन टुटेको होस् ।  तपाइँको बन्धन के हो कुनै फरक पर्दैन चाहे त्यो बिश्वासबाट पछि हट्नु होस् वा कमजोरी वा समस्याहरु होस , परमेश्वर ती सबैलाई तोड्नको लागी पर्याप्त शक्तिशाली हुनुहुन्छ।

शैतानले थुप्रै मानिसहरुलाई बाँधेर राखेको छ। धेरै जसो यस कारण सेवकाई गर्न वा पवित्र रहन असमर्थ छन्। उनीहरु चाहेर पनि परमेश्वरलाई दिन  असमर्थ छन्।

येशूले भन्नुभयो,  “अब्राहामकी यो छोरी जो अठार वर्षसम्‍म शैतानको बन्‍धनमा थिई, शबाथ-दिनमा यस बन्‍धनबाट त्‍यो मुक्त हुनुपर्ने होइन र?”(लूका 13:16)। पक्कै उनी अब्राहामकी छोरी हुन्, एक चुनिएको बंश, एक राम्रो विश्वासी र प्रतिज्ञाहरु को हकदार , तर उनले शैतान लाई आफुलाई बाँध्न को लागी ठाउँ दिएकि थिइन्। येशू ख्रीष्टले उनको बन्धन तोड्नुभयो र उनी मुक्त भईन् । पवित्रशास्त्रले भन्छ, ”  यसकारण पुत्रले तिमीहरूलाई स्‍वतन्‍त्र गरायो भने तिमीहरू निश्‍चय स्‍वतन्‍त्र हुनेछौ।”  (यूहन्ना 8:36)।

उहाँ जो तपाइँलाई मुक्त गर्न को लागी सक्षम हुनुहुन्छ तपाइँको नजिकै हुनुहुन्छ। आज, उहाँलाई हेर्नुहोस् र उहाँसंग प्रार्थना गर्न शुरू गर्नुहोस्। यसो भन्दै प्रार्थना गर्नुहोस्, “प्रभु, मलाई मेरो रोग, मेरो ईर्ष्या, मेरो कटुता, मेरो कमजोरी र वर्तमान स्थिति जसमा म प्रार्थना गर्न असमर्थ छु, यी सबै बाट मलाई छुटकारा दिनुस ।” उहाँले पक्कै पनि तपाइलाई मुक्त गर्नु हुनेछ। परमेश्वरले भन्नुभयो “सङ्कष्‍टको दिनमा मलाई पुकार्‌,  र म तँलाई छुटाउनेछु, र तैंले मेरो महिमा गर्नेछस्‌।” “(भजन 50:15)।

मनन गर्नका लागी : “अब प्रभु आत्‍मा हुनुहुन्‍छ, अनि जहाँ प्रभुका आत्‍मा हुनुहुन्‍छ, त्‍यहाँ स्‍वतन्‍त्रता हुन्‍छ। (२ कोरिन्थी 3:17)।

Leave A Comment

Your Comment
All comments are held for moderation.