Appam - Nepali

जुली 23 – हामिले के गर्नुपर्छ?

“तिनीहरूले उहाँलाई भने, “परमेश्‍वरले चाहनुभएको काम गर्नलाई हामीले के गर्नुपर्छ?” (यूहन्ना ६:२८)

पवित्रशास्त्रमा यो एकदम महत्वपूर्ण प्रश्न हो।  त्यति मात्र होइन, यो प्रश्न आफैले आफैलाई सोध्नको लागि पनि एकदम महत्वपूर्ण छ।  परमेश्वरले चाहेको काम गर्नलाई हामीले के गर्नुपर्छ? आश्चर्यकर्म गर्न र अद्भुत काम गर्न हामीले के गर्नुपर्छ?

मानिसहरूले येशूलाई पाँच रोटी र दुइ माछाले पाँच हजार मान्छेलाई खुवाएको देखे। तिनीहरू पनि त्यस्ता आश्चर्यकर्महरू गर्न चाहन्थे। यदि जीवन फलदायी बनाउनु छ भने अचम्मका काम गर्ने क्षमता हुनुपर्दछ भन्ने कुरा उनिहरुले महशुस गरे। तिनीहरूले भने, “हामीले परमेश्वरको कामको निम्ति के गर्नु पर्छ?”

येशू ख्रीष्टको जीवनको बारेमा पूर्ण रुपमा पढ्नुहोस् त । पृथ्वीमा आफ्नो जीवनको दौरान, उहाँले आश्चर्यकर्म गरेर पउहाँ परमेश्वरकै पुत्र हुनुहुन्छ भनि प्रमाणित गर्नुभयो। उहाँ मनोवैज्ञानिकको रूपमा मात्र आउनुभएन। आश्चर्यकर्म र शक्तिका कामहरू द्वारा, उहाँले आफुले भनेका कुराको प्रमाणित पनि गर्नुभयो। पवित्रशास्त्रले भन्छ, “यसकारण उहाँले गर्नुभएको यो चिन्‍ह देखेर ती मानिसहरूले भने, “संसारमा आउने अगमवक्ता साँच्‍चै उहाँ नै हुनुहुँदोरहेछ।”(यूहन्ना 6:14)

तपाईं परमेश्वरको सन्तान भएको नाताले तपाइले पनि आश्चर्यकर्म गरेको येशु चाहनुहुन्छ। उहाँले भन्नुभयो, “… जसले मलाई विश्‍वास गर्दछ, त्‍यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्‍दा ठूला काम गर्नेछ…।”(यूहन्ना 14:12 )। के तपाईंको हृदयले परमेश्वरको लागि महान् कामहरू गर्ने इच्छा गर्छ? के तपाईंको हृदयले उहाँले गर्नु भएका सबै गर्न चाहान्छ? के तपाईं पनि यस्तै प्रश्न गर्नुहुन्छ कि परमेश्वरको काम गर्न हामीले के गर्नुपर्छ?  त्यो अवस्थामा, तपाईले गर्नुपर्ने के हो भन्दा पवित्र आत्मा र शक्तिले भरिनलाई अगाडि बढ्नु हो।

अब तपाईं संसारको अन्तिम दिनहरूमा आइसक्नु भएको छ । येशू ख्रीष्ट को हुनुहुन्छ भनेर संसारका धेरैजसो मानिसहरूलाई थाहा छैन। तिनीहरूले उहाँको शक्ति देखेका छैनन्। अब सुन्दर र शानदार रुपमा प्रचार गरेर केहि फाइदा छैन। तपाईंको प्रचारलाई आश्चर्यकर्महरूद्वारा बलियो र प्रमाणित पार्नुपर्दछ। तब मात्र, अन्यजातिले स्वीकार्नेछन् र उहाँलाई परमेश्वरको रूपमा दण्डवत् गर्नेछन्।

येशू ख्रीष्टले आश्चर्यकर्म गरेर नै मानिसहरूलाई परमेश्वर तिर आकर्षित गर्नुभयो। उहाँले व्यवहारिक रूपमा मानिसहरूका माझमा प्रभुको शक्ति प्रदर्शन गर्नुभयो । आश्चर्यकर्महरू र संकेतहरूद्वारा उहाँले प्रमाणीत गर्नुभयो कि उहाँ पपरमेश्वरका पुत्र हुनुहुन्छ। त्यति मात्र होईन, उहाँले हामीलाई ती आश्चर्यकर्महरू गर्न सक्षम पार्ने प्रतिज्ञा गर्नुभएको छ। परमेश्वरका प्रिय छोराछोरीहरू, के तपाईं पनि उठेर परमेश्वरको निम्ति प्रकाशमान हुनुहुन्छ? के तपाईं प्रभु जीवित हुनुहुन्छ भनेर प्रमाणित गर्नुहुन्छ?

मनन गर्नका लागि : “अनि एउटा ठूलो भीड उहाँको पछि लाग्‍यो, किनभने उहाँले रोगीहरूमाथि गर्नुभएका चिन्‍हहरू तिनीहरूले देखेका थिए।” (यूहन्ना 6:2 )।

Leave A Comment

Your Comment
All comments are held for moderation.