No products in the cart.
जुली 01 – एक ठाउमा जम्मा भएको
“अनि परमेश्वरले भन्नुभयो, “आकाशमुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्।” तब त्यस्तै भइहाल्यो।” (उत्पत्ति 1:9 )
सृष्टिको तेस्रो दिनको शुरुवातमा परमेश्वरले पानीलाई एकै ठाउमा जम्मा गर्नुभयो। त्यसैगरी, उहाँ पानीले बप्तिस्मा लिएका हरेक मानिसहरुलाई एक ठाउमा जम्मा गरेर मण्डलीको स्थापना गर्नुहुन्छ। परमप्रभुले उद्वार पाएकाहरुलाई दिन प्रतिदिन मण्डलीमा थप्नुभयो। त्यो प्रकाश जुन पहिलो दिनमा सृष्टि गरिएको थियो, उद्वारको चिन्ह बन्न गयो। दोस्रो दिनमा, पानीले बप्तिस्मा र आकाशले सर्वोच्च परमेश्वरको अस्तित्वको बारेमा जनाउछ। त्यसै गरि, पानीलाई एक ठाउमा जम्मा पार्नुले मण्डलीलाई जनाउछ।
परमेश्वर आज्ञा गर्नुहुन्छ कि बिश्वसिहरु आफ्नै इच्छाले यता उता भौतारिरहनु हुदैन तर एक ठाउमा जम्मा हुनुपर्छ र एकतामा रहनुपर्छ। पवित्रशास्त्रले ख्रीष्टलाई शिर र मण्डलीलाई शरीरको रुपमा उल्लेख गरेको छ। तपाई परमेश्वरले रगत बगाएर कमाएको मण्डलीमा जम्मा हुनुपर्छ र त्यहाँ भएका परमेश्वरका छोराछोरीहरुसंग जुडेर रहनुपर्छ। भजनकर्ता भन्छन ” दाजुभाइहरू एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ।” (भजनसंग्रह 133:1) उद्वार पाएका परमेश्वरका छोराछोरीहरुको निम्ति आत्मिक संगति एकदम नभई नहुने कुरा हो। पवित्रशास्त्रले भन्दछ ” कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। …एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।” (हिब्रू 10:25)
शुरुका दिनहरुका प्रेरितहरुका पालामा मण्डलीहरु बिश्वासद्वारा बलिया बनेका थिए र परमेश्वरले त्यहाँ धेरै उद्वार पाएका आत्माहरु दिनुभयो। आत्माहरु बचाउने अभियान् चल्यो र मण्डलीमा बिश्वासीहरुको संख्या बढ्दै गयो। बिश्वसिहरु बढ्दै गए अनुसार मण्डलीहरु पनि बढ्दै गए। जसै मण्डलीहरुको संख्या बढ्दै जान्छ, पृथ्वीमा परमेश्वरको राज्य पनि बढ्दै जान्छ।
पहिलो पटक ‘मण्डली या सभा’ भन्ने शब्द इस्रायलका सन्तानहरुलाई दिइएको थियो जो मिश्र देशको दासत्वबाट छुटाइएका थिए। परमेश्वरबाट चुनिएका र अलग गरिएका जनहरु उनीहरु नै थिए। परमेश्वरको उत्तराधिकारी र उहाँको अंश उनीहरु नै थिए। जसरी थोपा थोपा मिलेर नदि बन्छ, त्यसै गरि बिश्वासीहरुका परिवारहरु मिलेर एउटा मण्डली बन्छ। लाखौ इसरायालीहरुको भिड प्रतिज्ञाको देशतिर लम्केको दृश्य कस्तो महान थियो होला। उनीहरु इश्वरीय सेना र इश्वरीय मण्डलीको रुपमा कति शानका साथ अगाडी लम्किएका थिए होलान। हिब्रु 12:23 मा हामी यसरी पढ्दछौं ” स्वर्गमा नाउँ दर्ता भएका पहिला जन्मेकाहरूका सभा…।” (हिब्रू 12:23)
परमेश्वरका प्रिय छोराछोरीहरु, तपाई संसारभरी भएका बिश्वासीहरुसंग जुड्नुभएको छ र सभाको रुपमा पवित्राआत्माद्वारा एक बनाइ्नुभएको भएको छ। ख्रीष्टको शरीरको रुपमा चिनिनु तपाइको लागी कति महिमित कुरा हो।
मनन गर्नका लागी : “उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकून्, र त्योचाहिँ पवित्र र निष्खोट होस्।” (एफिसी 5:27)