Appam - Odia

जुली 16 – हाम्रो साथमा जो हुनुहुन्छ!

“यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई समाल्‍नेछु।” (यशैया 41:10)।

परमेश्वर हामीसँग बस्नु मात्र हुन्न तर उहाँ हामीभित्र पनि रहनु हुन्छ। उहाँ हामीसँग हिंड्नुहुन्छ र हामीलाई कहिले पनि छोडनुहुन्न। उहाँको नाम “इम्मानुएल” हो, जसको अर्थ “परमेश्वर हामीसँग हुनुहुन्छ।”

धेरै मानिसहरू जो परमेश्वर हामी संग हुनुहुन्छ भन्ने विश्वास गर्दैनन्, उनीहरू सोच्दछन् कि परमेश्वर टाढा हुनुहुन्छ। तिनीहरू सोच्दछन् कि ‘उहाँ हामीसँग हुनुहुन्न’। उहाँ पवित्र स्वर्गदूतहरूसँग मात्र बस्नुहुन्छ। उहाँ करूब र सराफहरूसँग मात्र रहनुहुन्छ। उहाँ केवल चार जीवित प्राणीहरू र स्वर्गका चौबीस एल्डरहरूसित रहनुहुन्छ। ‘ तसर्थ तिनीहरू परमेश्वरको मिठो उपस्थिति महसुस गर्न असमर्थ छन्।

हो, परमेश्वर स्वर्गमा बस्नुहुन्छ। तर जब तपाईं उहाँलाई स्वीकार गर्नुहुन्छ र उहाँमा भरोसा राख्नुहुन्छ भने उहाँ एक प्रेमी पिताको रूपमा आउनुहुन्छ र तपाइसंग रहनुहुन्छ। जब तपाईं गाउनुहुन्छ र उहाँको प्रशंसा गर्नुहुन्छ, जो प्रशंसामा बास गर्नुहुन्छ उहाँ तपाईंको बीचमा ओर्लनुहुन्छ।

पवित्र शास्त्रमा परमेश्वरका सबै प्रतिज्ञाहरूको मुख्य प्रतिज्ञा हो “म तँसँग छु”। पवित्रशास्त्रमा  प्रत्येक पवित्र व्यक्तिलाई परमेश्वरले यो प्रतिज्ञा दिनुभएको हामी देख्न देख्न सक्छौं। त्यसकारण तिनीहरू कुनै हिचकिचाहट वा डर बिना अगाडि बढ्न सक्षम भए र परमेश्वरको लागि महान् र उदेकका कामहरू गर्न सफल भए।

यहोशू कसरी साहसी भई अघि बढ्न र कनानको उत्तराधिकारी हुन सके? यो केवल परमेश्वरको प्रतिज्ञाको कारणले थियो “…जसरी म मोशासँग रहें, त्‍यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्‌ने, अनि तँलाई त्‍याग्‍नेछैनँ (यहोशू 1:5)।

के कारण के थियो कि चेलाहरू जसले एक समय येशूलाई तिरस्कार गरे, उहाँलाई सरापे र उहाँको विरुद्धमा कसम खाए, पछि गए र यरूशलेममा ठूला ठूला कामहरू गरे? कसरी उनीहरूले हजारौं आत्माहरू कटनी गर्न सके?कारण केवल परमेश्वरको प्रतिज्ञा मात्र थियो। जब परमेश्वरले भन्नुभयो, “…  हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु।”(मत्ती 28:20) तिनीहरू बलियो भए र परमेश्वरको काम शक्तिशालीपूर्वक गरे।

परमेश्वरका प्रिय छोराछोरीहरू, आज परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, “नडरा, किनकि म तँसँग छु; ब्याकुल न हो किनभने म तेरो परमेश्वर हुँ”। सर्वशक्तिमान परमेश्वर तपाईंसँग हुँदा तपाईं किन डराउनु वा शोक गर्नु?

मनन गर्नका लागी: “मृत्‍युको अन्‍धकारमय घाटी भएर जानुपरे तापनि  म कुनै खतरादेखि डराउनेछैनँ,  किनकि तपाईं मेरो साथमा हुनुहुन्‍छ।  तपाईंको लट्ठी र तपाईंको लहुरोले मलाई सान्‍त्‍वना दिन्‍छन्‌।” (भजनसंग्रह 23:4 )।

Leave A Comment

Your Comment
All comments are held for moderation.