जुली 11 – ग्रहणयोग्य समयमा

“तर म तपाईंलाई प्रार्थना गर्दछु, हे परमप्रभु, तपाईंको निगाहको बेलामा। तपाईंको महान्‌ प्रेममा, हे परमेश्‍वर, तपाईंको निश्‍चित उद्धारले मलाई उत्तर दिनुहोस्‌।” (भजनसंग्रह ६९ :१३ )

 

निगाहको बेला भनेको चाही परमेश्वरको दया र अनुग्रहले तपाइको घेर्ने समय हो।  परमेश्वर तपाइँप्रति अनुग्रही हुनुहुन्छ।  येशुले भन्नुभयो “ग्रहणयोग्‍य समयमा मैले तिम्रो पुकारा सुनें, र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” (२ कोरिन्थी ६:२) पवित्रशास्त्रले यसको बारेमा के भन्छ, हेर्नुस त।  खडेरीको कष्टकर समयभन्दा पहिले परमेश्वरले ग्रहणयोग्य समयको आज्ञा गर्नुभयो।  खडेरी पर्नुभन्दा ७ बर्ष अघि  मिश्र सम्बृद र फलिफापपूर्ण देश बन्यो।

त्यस ग्रहणयोग्य समयमा, योसेफ़को सुझाव अनुसार फिरउनले अन्न राख्ने भकारीहरु बनाए र अन्नको संचय गरे।  यदि फिरउनले त्यो ग्रहणयोग्य समयको सदुपयोग गरेर भकारी बनाएर अन्न नथुपारेको भए, मिश्र देशको अवस्था कस्तो हुन्थ्यो, कल्पना गर्नुस त।  उ आफै अनि उसका सबै मानिसहरु खडेरीका कारण नष्ट हुन्थे।  होइन त?

खडेरी ग्रहणयोग्य समय पछि आउछ।  के परमेश्वरले घोषणा गर्नुभएको छैन कि ” “यस्‍ता दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल ल्‍याउनेछु— जुनचाहिँ न त अन्‍नको अनिकाल न पानीको तिर्खा हो, तर परमप्रभुको वचन सुन्‍ने तृष्‍णाको अनिकाल हुनेछ।” (आमोस ८:११) त्यसैले आउनुस हामि परमेश्वरबात यो ग्रहणयोग्य समयमा नै उहाको दया र अनुग्रहलाई प्राप्त गरौँ।  पावल प्रेरित लेख्छन ” समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ।” (एफिसी ५:१६)

एकपटक एक जवान व्यक्ति अचानक एउटा हत्याकाण्डमा मुछियो।  अदालतले उसलाई मृत्युदण्डको सजाय सुनायो । तर देशको राष्ट्रपतिले उसको दयायाचिका माथि ध्यान दिए र यो थाहा पाए कि उ निर्दोष छ।  राष्ट्रपति उक्त मुद्दासंग सम्बन्धित सबै कागज पत्र लिएर उसलाई भेट्न झ्यालखाना गए ।

त्यो व्यक्तिको लागि त्यो समय भनेको ग्रहणयोग्य समय थियो। तर त्यस व्यक्तिले यो ग्रहणयोग्य समय हो भनि थाह गर्न सकेन र पास्टरको भेषमा गएका ति राष्ट्रपतिमाथि आफ्नो भए भारको रिस पोख्यो र उनीमाथि चिच्याउन थाल्यो। चिच्याउदै उ कराउन थाल्यो “यहाबाट गइहाल! म तिमीसंग केहि बोल्नु छैन।  यति भनेर उक्त राष्ट्रपतिले ल्याएको सबै कागजपत्र च्यातिदियो । ति राष्ट्रपति दुखित भै त्यस झ्यालखानाबाट निस्केर गए।

जेलको अधिकारी उक्त जवानकहा आएर भने “तिमीले किन ति व्यक्तिसंग त्यस्तो कडा शब्दमा बोलेको? तिमीलाई थाहा छैन उनि देशका रास्ट्रपति हुन्? तिमीलाई थाह छैन उनि तिमीलाई माफिपत्र दिनका निम्ति यहाँ आएका थिए?” यो कुरा सुनेर त्यो व्यक्ति एकदम दुखि भयो र फासिको फन्दासम्म पुग्दैगर्दा उसले भन्यो “म यो दण्ड हत्या गरेको कारण भोग्दै छैन तर यसकारण भोग्दै छु कि म त्यो ग्रहणयोग्य समयको सदुपयोग गर्नमा असफल भएँ।

मनन गर्नका लागि: “ऊ मानिसहरूबाट घृणित थियो र इन्‍कार गरियो, अफसोसमा परेको मानिस र कष्‍टसित परिचित। ऊ त्‍योजस्‍तो थियो, जसलाई देखेर मानिसहरू आफ्‍ना मुख फर्काउँछन्‌। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं।” (यशैया ५३:३)

Article by elimchurchgospel

Leave a comment