अगस्ट 26 – धन्यबाद!

“… तिमीहरू त्‍यसको निम्‍ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्‍यवादी होओ।”  (कलस्सी 3:15)

परमेश्वरले तपाइँको लागी गर्नुभएको अनगिन्ती भलाइहरुको बारे मा सोच्नुहोस र उहाँप्रति धन्यबादी हुनुहोस्। तपाईलाई जीवन, स्वास्थ्य र शक्ति दिएको लागी परमेश्वर प्रति कृतज्ञ हुनुहोस् । त्यो परमेश्वरलाई  धन्यवाद दिनु कति धन्यको कुरा हो जसले तपाईलाई यस युगको आत्मिक र अनन्त आशिष प्रदान गर्नुभयो!

संयुक्त राज्य अमेरिका मा, अमेरिकीहरुले बर्षको एक दिन “धन्यवाद दिवस” ​​को रूप मा  निर्धारण गरेका छन्। यो दिन संयुक्त राज्य अमेरिका अस्तित्वमा आएको थियो। यो एक महत्वपूर्ण दिन हो जसमा मानिसहरु, एक राष्ट्रको रूपमा, उनीहरुलाई स्वतन्त्रता पाएको दिनको रुपमा , दासत्वबाट मुक्त भएको दिनको रुपमा मनाउछन् र यस दिन को लागी परमेश्वरलाई धन्यवाद दिन्छन। उनीहरु आज सम्म पनि यस दिनलाइ बडो धूमधामका साथ मनाउँछन्।

आज हामी पनि एक राष्ट्र को रूप मा रहन्छौं। जब हामी येशूको रगतले धोइन्छौं र उहाँका सन्तान बन्छौं, हामी अन्धकारको शक्तिबाट मुक्त हुन्छौं र उहाँको प्रिय पुत्रको राज्यमा प्रवेश गर्छौं (कलस्सी 1:13)। अब हामी स्वर्ग को सरकारमा काम गरीरहेका छौं। तसर्थ, परमेश्वर प्रति धन्यबादी रहनु एकदम नै आवस्यक छ।

परमेश्वरका एक सेवक पहिले पहिले हरेक बर्ष आफ्नो जन्मदिन एकदम भव्य तरिकाले मनाउने गर्थे। । तर, उद्वार पाइसके पछि, उनी यस तरिकाले सोच्न थाले। “म पापमा जन्मेको थिएँ र  हुर्केको थिएँ, त्यस्तो अवस्थामा, म त्यो दिन किन मनाउने? यसको सट्टा, मैले उद्वार पाएको दिनलाइ, म फेरी नया गरि जन्मेको दिनलाई किन नमनाउने? त्यहि दिन हो जुन दिन मुक्तिदाता  महिमा को राजाको रूप मा मेरो जीवन मा आउँनुभयो। ” यस्तो सोचेपछि , उनले त्यस दिनलाई ‘धन्यवाद दिवस’ को रूपमा मनाउन शुरू गरे जुन दिन उनले उद्वार पाएका थिए।

धेरै मानिसहरु यी अन्तिम दिनहरुमा अधन्यबादी बनेका छन् (2 तिमोथी 3: 2)। तर परमेश्वरका सन्तानहरु यस्तो हुनु हुँदैन। यो जरूरी छ कि तपाइँ परमेश्वर प्रति धन्यबादी हुनुहोस जो तपाइँको प्रेमिलो मुक्तिदाता हुनुहुन्छ र जसले तपाइँको खातिर क्रुसमा कष्ट भोग्नुभयो।

परमेश्वरका प्रिय छोराछोरीहरु, संयुक्त राज्य अमेरिका को जनता जस्तै, एक बर्षमा एक दिनलाई मात्र धन्यवाद दिवसको रुपमा मनाउने होइन , तर हरेक दिन उहाँ प्रति धन्यबादी हुनुहोस। परमेश्वर हरेक दिन तपाइको जीवनमा हजारौं राम्रा कामहरु गरिरहनुभएको छ, त्यसैले उहाँको प्रेम र अनुग्रह को लागी हरेक पल उहाँको स्तुति गर्नुहोस्।

मनन गर्नका लागी : “हरसमय म परमप्रभुको प्रशंसा गर्नेछु,  उहाँको प्रशंसा निरन्‍तर मेरो मुखमा हुनेछ। “(भजनसंग्रह 34:1)।

Article by elimchurchgospel

Leave a comment